जेष्ठ ६, २०८१ आईतबार

मेचीनगरमा तत्काल दमकलको व्यवस्थापन गर्न ध्यानाकर्षण

बिर्तामोड । मेचीनगर नगरपालिकालाई तत्काल दमकलको व्यवस्था मिलाउन ध्यानाकर्षण पत्र बुझाइएको छ । नेकपा एमाले, राप्रपा, राष्ट्रिय युवा संघ र अनेरास्ववियुले ध्यानकर्षण पत्र बुझाएको हो ।

आज नगर उपप्रमुख मीना उप्रेतीलाई नेकपा एमाले, राप्रपा, राष्ट्रिय युवा संघ र अनेरास्ववियुले बेग्लाबेग्लै ध्यानकर्षण पत्र बुझाउँदै दमकलको व्यवस्थापन चाँडो मिलाउन माग गरेका हुन् ।

पुस २१ गते नगरभित्र भएको आगलागीबाट एक जनाको मृत्यू र दर्जनौ व्यक्ति घाइते भएको, त्यसको एक महिनापछि बिहीवार जुत्ता उधोगमा आगलागी हुँदा करोडौं क्षति भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । ध्यानाकर्षण पत्रमा नगरपालिकाको दमकल चुस्तदुरुस्त नहुनुको कारण जानकारी गराउन भनिएको छ । यस्तै, अत्यावश्य साधन समयमा मर्मत नगर्दा भएको क्षतिप्रति आत्मआलोचना गर्दै माफी माग्न आग्रह गरिएको छ । नगरमा ३ वटा दमकल व्यवस्था गर्नुपर्ने लगायतका विषय ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार  ३ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]