बैशाख २५, २०८१ मंगलबार

दमकल ठिकठाक राखौं

सम्पादकीय –

झापाको मेचीनगर नगरपालिकामा एक महिनाभित्र भएका आगलागीका घटनाले ठुलो क्षति भयो । बाहिरबाट हेर्दा देखिए जस्तो आगलागी मात्र होइन । त्यसले मानीवय क्षति पनि भएको छ । आर्थिक क्षतिको हिसाव झनै गरिसाध्ये छैन । आगलागीले धेरैको परिवारमा सपनाहरु चकनाचुर बनाएको छ । बुन्दै गरेका सपनामा आगलागीको घटनाले दुखद् मात्र बनाएको छैन, फेरि सपना देख्नै नसकिने बनाएको छ । मेचीनगर मात्र होइन, अन्य क्षेत्रमा हुने आगलागीका घटना पनि सहन सक्ने गरिको छैन ।

मेचीनगरमा बिहीवार एउटा उधोगमा आगलागी भयो । आगलागी कसरी भयो त्यो अनुसन्धानको विषय छ । पक्कै सुरक्षा निकायले आगलागीको कारण पत्ता लगाउने छ । त्यसको अनुसन्धान विस्तारै होला । तर, बिहीवार मेचीनगरमा भएको आगलागीको घटनाले पक्कै धेरै कुरा सिकाएको हुनुपर्छ । नगरपालिकामा दमकल थिएन । विग्रिएर थन्किएको धेरै समय भयो । विपतमा चाहिने साधन समेत समय मै बनाइएन । जसका कारण ठुलो क्षति भयो । यदि नगरमा दमकल थियो भने ठुलो क्षति हुने संभावना कम थियो ।

नगरपालिकामा दमकल थिएन । आगलागी भएको निकै समय पछि दमकल घटनास्थल पुग्यो । विर्तामोडसहित अन्य नगरका दमकल बोलाइयो । भारतीय दमकल समेतको सहयोगमा ६ घण्टापछि आगो नियन्त्रणमा आयो । उधोगमा आगलागी शुरु हुँदा समयमा दमकल पुगेको थियो भने आगो धेरै फैलिने थिएन । समयमै आगो नियन्त्रण हुन सक्थ्यो । नगरपालिका दमकलको आवश्यकताप्रति सचेत नभएको यो घटनाले स्पष्ट बनाएको छ । मेयर, उपमेयर कुद्ने गाडि विग्रिएको कति दिनसम्म थन्किएला ? दमकल जति नै थन्किएला वा छिट्टै बनाइन्छ ? नागरिकको आवश्यकतालाई विशेष चासो दिऊ । विपतमा चाहिने सवारी ठिकठाक राखौं ।

प्रकाशित मिति : माघ २२, २०७८ शनिबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]