जेष्ठ २, २०८१ बुधबार

बालचन्द गोयलद्वारा सिलाई मेशिन र मास्क वितरण

भद्रपुर । हल्दिबारीस्थित उद्यमशील महिला संस्थालाई सिलाई मेशिन र मास्क वितरण गरिएको छ । भद्रपुर नगरपालिका–६ निवासी बालचन्द गोयलले आफ्नो ५० औं विवाह वर्षगाँठको अवसरमा उद्यमशील महिला संस्थालाई एक थान सिलाई मेशिन र ६ सय पिस मास्क वितरण गरेका हुन् । बालचन्द समाजसेवी तथा उद्योगी दिनबन्धु गोयलका दाजु हुन् ।

भद्रपुर मारवाडी संघको सहजिकरणमा संघको भवनमा शनिवार आयोजित एक संक्षिप्त कार्यक्रमका बिच बालचन्द गोयलले सो सामान संस्थाकी अध्यक्ष टीका राउतलाई हस्तान्तरण गरेकी थिइन् ।

संघका उपाध्यक्ष विनय गोयलको अध्यक्षता भएको कार्यक्रममा मारवाडी युवा मञ्चका अध्यक्ष दीपक अग्रवाल, वालचन्द गोयल लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महावीर मित्रुकाले गरेका थिए ।

त्यस्तै बालचन्द गोयलले भद्रपुरका १० वटै वडा कार्यालयलाई एक हजारको दरले १० हजार, भद्रपुर सामुदायिक प्रहरी सेवा केन्द्रलाई २ हजार, मेची पुलका प्रहरीलाई एक हजार र भारतीय एसएसबीलाई एक हजार मास्क समेत वितरण गरेको संघका पूर्व अध्यक्ष सुबोध कोठारीले जानकारी दिए ।

प्रकाशित मिति : माघ २२, २०७८ शनिबार  ६ : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]