जेष्ठ २६, २०८२ आईतबार

स्थापना दिवसमा प्रेस चौतारी झापाद्वारा आचारसंहिता सम्बन्धी अन्तरक्रिया

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले स्थापना दिवसको अवसरमा पत्रकारिता आचारसंहिता सम्बन्धी अन्तरक्रिया गरेको छ ।

२४ औं स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा आचारसंहिता विषयक अन्तरक्रियामा प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेलले सहजीकरण गरेका थिए । उनले पत्रकारितामा पालना गर्नुपर्ने आचारसंहिताका बारेमा चौतारीमा आवद्ध सदस्यहरुलाई सहजीकरण गरेका हुन् । कार्यक्रममा सहभागीहरुले राखेको जिज्ञासामा पोखरेलले स्पष्ट बनाएका थिए । आचारसंहिता पालना गरेर मात्रै पत्रकारिता गर्न उनको सूझाव थियो ।

प्रेस चौतारी नेपाल झापाद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले आफ्नो सिङ्गो पार्टी समयमा नै चुनाव गराउन परमादेशबाट बनेको सरकारलाई दबाव दिइरहेको बताएका छन् । उनले स्थानीय निर्वाचन गर्न पनि दबाव दिइरहनु परेको बताए ।

अध्यक्ष कार्कीले एमालेको दबाव नभए परमादेशी सरकार निर्वाचन गर्न तयार नहुने बताउँदै प्रेस चौतारीलाई निर्वाचनका लागि पार्टीको एजेण्डाको पक्षमा कलम चलाउन आग्रह गरे । चौतारी पार्टीको जनसंगठन भएकाले राजनीतिक रूपमा एमालेलाई सबल बनाउन महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।

सो कार्यक्रममा प्रेस चौतारी नेपालको स्थापनादेखि हालसम्मको अवस्थाका बारेमा संगठनका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष गोपाल काफ्लेले प्रकाश पारेका थिए ।

प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य सन्तोष आचार्य, पार्टीका प्रदेश कमिटी सदस्य सोमनाथ पोर्तेल र बिर्तामोड उध्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली लगायतले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए । उपाध्यक्ष प्रदीप परियारले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव प्रकाश पौडेलले गरेका थिए ।

प्रकाशित मिति : माघ २२, २०७८ शनिबार  ६ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]