जेष्ठ २६, २०८२ आईतबार

हृदयचन्द्र सिंह प्रधान पत्रकारिता पुरस्कार विष्ट र अर्याललाई

काठमाडौं । प्रेस चौतारी नेपालले स्थापना गरेको पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूको नाम घोषणा गरिएको छ । स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा चौतारीका पूर्व वरिष्ठ उपाध्यक्ष श्रीधर आचार्यलको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिले सिफारिस गरेको नाम घोषणा गरिएको हो ।

चौतारीका अध्यक्ष गणेश बस्नेतले २०७७ र २०७८ सालको पत्रकारिता पुरस्कार पाउने व्यक्तिको नाम घोषणाा गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हृदयचन्द्र सिंह प्रधान पत्रकारिता पुरष्कार चौतारीका पूर्व अध्यक्षद्वय राजेन्द्र अर्याल र गगन विष्टलाई प्रदान गरिएको छ । अर्याललाई २०७७ र विष्टलाई २०७८ सालको पुरस्कार प्रदान गरिने भएको छ ।

अग्निशिखा पत्रकारिता पुरष्कार २०७७ सालको कृष्णविनोद लम्साल र २०७८ सालको झलक सुवेदी, डेकेन्द्र थापा पत्रकारिता पुरष्कार २०७७ सालको राजधानी दैनिकका सम्पादक सागर पण्डित र सोही पुरस्कार २०७८ सालको हिरा परियारलाई प्रदान गरिने घोषणा भएको छ । वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरष्कार २०७७ सालको गोरखापत्रका नायब कार्यकारी सम्पादक केपी गौतम र २०७८ सालको अनुप तिवारी, पदमलक्ष्मी–सावित्री स्मृति पत्रकारिता पुरष्कार २०७७ सालको अब्दुल्ला मियाँ र २०७८ सालको शिवराज भट्टलाई तथा चन्द्र न्यौपाने–शान्तिराम कार्की पत्रकारिता पुरष्कार शान्ति गुरूङलाई प्रदान गरिने भएको छ ।

आगामी फागुनमा पोखरामा हुने प्रेस चौतारीको महाधिवेशनमा पुरस्कार प्रदान गरिने प्रेस चौतारीका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति : माघ २२, २०७८ शनिबार  ७ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]