जेष्ठ २६, २०८२ आईतबार

बिर्तामोडकी कृपालाई सारेगमप लिटिल च्याम्पको उपाधि

बिर्तामोड । सारेगमप लिटल च्याम्प सिजन १ को उपाधि झापा बिर्तामोडकी कृपा पौडेलले जितेकी छन् । बिर्तामोड २ रामचोक निवासी १४ वर्षीया पौडेल सारेगमपको पहिलो विजेता बनेकी हुन् ।

गायनमा उत्कृष्ट पौडेललाई आज राती सम्पन्न ग्राण्ड फिनालेबाट विजेता घोषणा गरिएको थियो । उनले सहभागीमध्ये सबैभन्दा धेरै भोट पाएको आधारमा विजेता घोषित गरिएको हो । उनले फाइनलमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधिहात पारेकी हुन् ।
यस्तै, सारेगमपको फस्ट रनरअप झापा मेचीनगरकी रोसा फुयाँल भएकी छिन भने सेकेन्ड रनरअप सिलिगुडीका आदित्य विश्वकर्मा भएका छन् ।

प्रकाशित मिति : माघ २३, २०७८ आईतबार  ७ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]