जेष्ठ २६, २०८२ आईतबार

बिर्तामोडमा नयाँ हाकिम हाजिर

बिर्तामाड । बिर्तामोड नगरपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेलाई स्वागत गरिएको छ ।
नगरपालिकाको सभाहलमा संक्षिप्त कार्यक्रमको आयोजना गर्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेलाई स्वागत गरिएको हो । उनलाई नगरप्रमुख ध्रवकुमार शिवाकोटी र उपप्रुमख पवित्रा महतारा प्रसाईले खादा लगाएर स्वागत गरेका थिए ।

न्यौपाने सुनसरीको दुहवी नगरपालिकाबाट सरुवा भएर आइतबार बिर्तामोड आएका हुन् । प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल सरुवा भएर फिदिम नगरपालिका गएपछि रिक्त रहेको ठाउँमा आएका न्यौपानेले आइतबार देखिनै कार्यभार सम्हालेका छन् ।

स्वागत कार्यक्रममा बोल्दै नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बिर्तामोडमा जनप्रतिनिधि र कर्मचारी विच अहिलेसम्म कुनै पनि गुनासो नरहेको बताएका छन् । देश विकासमा कर्मचारीको भुमिका मुख्य रहने भन्दै उनले अनुशासन र कर्तव्यमा ध्यान दिन आग्रह गरे । कर्मचारीका कारण कुनै पनि सेवाग्राहीले दुःख पाउन नहुने भन्दै उनले मुस्कान सहितको सेवामा जोड दिए ।

यस्तै उपप्रमुख पवित्रा महातारा प्रसाईले बिर्तामोड प्रमुख प्रशासकीय अधिकृत विहीन भएको धेरै दिन भएका कारण योजनाका कामहरु धेरै थाँती रहेको बताइन् । उनले बिर्तामोडमा धेरै चुनौति रहेको र त्यसलाई फेस गर्दै विर्तामोडलाई उदाहरणीय नगरका रुपमा विकास गर्नका लागि अघि बढ्न शुभकामना दिइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जनप्रतिनिधिसँग समन्वय गर्दै नगरपालिकाको विकासका काममा प्राथमिकताका साथ लाग्ने प्रतिवद्वता व्यक्त गरेका छन् । जनप्रतिनिधिको मुल्याङ्कन कर्मचारीकै कामले हुने भन्दै यसलाई व्यवस्थित ढंगले अघि बढाउने उनको भनाई थियो । नगरपालिकामा अहिलेसम्म भएका विषयगत शाखाहरुको कार्यप्रगति विवरण हेरेर थप योजनाका साथ अघि बढ्ने पनि बताए ।

प्रकाशित मिति : माघ २३, २०७८ आईतबार  ७ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]