तीन अर्बसम्मका ठेक्का स्वदेशी ठेकेदारले नै गर्न पाउने
काठमाडौं- सरकारले तीन अर्बसम्मका निर्माण ठेक्का राष्ट्रिय प्रतिस्पर्धामार्फत गर्ने निर्णय गरेको छ ।
अब एक अर्ब रुपैयाँभन्दा माथिका ठेक्कामा नेपाली निर्माण कम्पनी सहभागी हुन विदेशी कम्पनीसँग संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) गर्नुपर्ने बाध्यता हटेको छ । यसले तीन अर्ब रुपैयाँसम्मका ठेक्कामा नेपाली निर्माण कम्पनीले एकल वा संयुक्त उपक्रममा प्रतिस्पर्धा गरी प्राप्त गर्न सक्नेछ ।

तर, यस निर्णयले ठूला निर्माण कम्पनीलाई कार्टेलिङ गर्न सहयोग पुग्ने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको भनाइ छ । मन्त्रिपरिषदमा अघिल्लो हप्ता नै यससम्बन्धी प्रस्ताव गएर विधायन समितिमा पठाइएको र त्यस समितिमा सरोकारवाला निकायको राय लिइसकिएको एक मन्त्रीले जानकारी दिए ।