बैशाख २५, २०८१ मंगलबार

बाँझोपना उपचारपछिको खुशी

सम्पादकीय

मनमोहन अस्पताल बिर्तामोडमा एक दम्पतिले अनपेक्षित खुशी पाए । झापा कनकाई नगरपालिका वडा नं ५ का दम्पतिले बाँझोपनाको लामो पीडालाई क्षणभरमै भुले । विवाहको ६ वर्षपछि एकपटक उनीहरुले दुई सन्तानलाई जन्म दिए । छोरा र छोरीले एकैपटक धरतीमा टेक्दा कुन बाबुआमाको मन खुशी नहोला । त्यसमा पनि वर्षौसम्म सन्तान नहुँदा छटपटाएको मन छोराछोरीको जन्मपछि कसो दुख अन्त्य नहोला । बाँझोपनापछि उनीहरु धेरै अस्पताल पुगे । अन्त्यमा, त्यो जोडीले मनमोहन अस्पतालमा सफलता हात पारेरै गरे । अर्थात, उपचार सफल भयो ।

वाह पश्चात हरेक दम्पतिको पहिलो चहाना भनेकै सन्तानको चहाना हो । स्वास्थ्य समस्याका कारण सन्तान नहुने समस्या धेरैसँग छ । बाँझोपनाको समस्या पुरुषसँगै महिलामा हुन्छ । पुरुषको वीर्यले प्रभावकारी काम नगर्नु र महिलाको अण्डा नबस्नु मुख्य समस्या मानिन्छ । चिकित्सकहरुका अनुसार उपचार शतप्रतिशत सफल हुने गरि गरिएको हुन्छ । त्यै पनि कतिपय अवस्थामा उपचार सोचे जस्तो सफल हुदैन । बाँझोपनाका उपचार संभव छ । त्यसको उदाहरण कनकाईका दम्पति हुन् ।

बाँझोपना भएको खण्डमा जथाभावी उपचार गर्न हुदैन । कतै उपचार गर्न जाने सोच भएको छ भने त्यस स्वास्थ्य संस्थाको विगतको नतिजाबारे अध्ययन गर्नुपर्छ । अनावश्यक धामीझाँक्री गर्ने परम्परा पनि चल्दै आएको छ । चिकित्सको सल्लाह विना अनावश्यक औषधिउपचार गर्न पनि हुदैन । यदि त्यस प्रकारले अघि बढियो भने थप असर पर्न सक्छ । महिला वा पुरुष जो सुकैमा समस्या भए पनि स्वास्थ्यलाई सर्वप्रथम ख्याल गर्नुपर्छ । यसैले बाँझोपनाको समस्या समाधान गर्ने ठाउँ खोजी गरौं । गलत उपचारको अभ्यास भरसक नगरौं । कनकाईमा जोडी पनि निकै उपचार पनि मात्रै मनमोहन अस्पताल पुगे । अन्ततः उनीहरुले जीवन मै ठुलो खुशी प्राप्त गर्न सफल भए ।

प्रकाशित मिति : माघ २६, २०७८ बुधबार  ७ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]