बैशाख १४, २०८१ शुक्रबार

पत्रकार ठिक छन् कि दुर्गा प्रसाई गलत छन् ?

प्रदीप परियार

पहिलो संवाद –
सर, दुर्गा दाईको खवर के छ ? दाई पनि एमालेको नेता भइसके । जे होस्, स्वास्थ्य क्षेत्रमा दाईले ठुलो योगदान गर्नु हुदैछ । अब, राजनीति क्षेत्रबाट पनि दाईको योगदान हुने भयो । हामी झापाबासीको गौरव हो दाई । ए साच्ची सर, मेरो एउटा बिल अड्किएको निकै महिना भयो । तपाईले यसो सहजीकरण गरिदिनु पर्यो । त्यो विलको पैसा आयो भने निकै काम हुने थियो ।

दोस्रो संवाद –
हलो सर के छ ? के हो, दुर्गा प्रसाईको हर्कत ? मान्छेलाईलाई सक्ने नै भयो, प्रसाईले । दुनियाँ समाचार आइरहेको छ त । तपाई पनि नजिकको मान्छे, बद्नाम नै भयो है । अलिक प्रेस्टिज भएको मान्छे, प्रसाईको छेउछाउ नजाँदा हुने भो अब । खासमा के भको हो ? हर्कत त्यै हो त ?

दुवै संवाद नयाँ हो । संवादको पात्र को हो भन्ने कुरा संवादकै भाषाले बुझियो होला । पहिलो संवाद विएण्डसी अस्पतालले पत्रकार सम्मेलन गर्नु पूर्वको हो । भने, दोस्रो संवाद पत्रकार सम्मेलन पछिको हो । यि दुई संवादले दुर्गा प्रसाईलाई हेर्ने नजरिया स्पष्ट बोल्छ । यो लेख तयार गर्दै गर्दा पाठकहरुले लेखकलाई कतै दुर्गा प्रसाईको मान्छे भन्ने छन् । त, कतै दुर्गा प्रसाईबाट यसले केहि पाएनछ भन्नेछन् । दुवै खाले टिप्पणी सहने गरि लेख तयार गरेको छु ।

झापाको विएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाई राष्ट्रिय रुपमा परिचित छन् । उनलाई हरेक मान्छेले फरक–फरक बुझ्छन् । यसै साता पनि प्रसाई चर्चामा आए । उनले विएण्डसीमा पत्रकार सम्मेलन गरेर पत्रकारलाई धम्क्याए, हप्काए भन्ने कुराको चर्चा भयो । त्यति मात्र होइन, पत्रकार महासंघले हल्काफुल्का विज्ञप्ति पनि निकाले । जुन, विज्ञप्ति एउटा दवावपछि निकाएको औपचारिकता मात्र हो । पत्रकार महासंघको विज्ञप्तिले के कति काम गर्यो ? मलाई थाहा छैन । विज्ञप्तिले पत्रकार ठिक, प्रसाई बेठिक भन्ने बुझायो । वास्तवमा पत्रकार ठिक छन् ? कि दुर्गा प्रसाई गलत छन् ? प्रसाई र पत्रकारले सुधार गर्नुपर्ने केहि बाँकी छ ? कि छैन ?

जुन समाचार आयो । त्यो समाचारका बारेमा खासै चर्चा गरिरहन पर्दैन । किनभने, व्यापारीले आफु ठिक र आफ्नो मालसामान पनि ठिक छ भन्ने नै हुन् । दुर्गा प्रसाईले पत्रकार सम्मेलन गरेर ठिक छु नै भने ।

त्यसपछिका गतिविधि चै अलि चर्चा पायो । समाचार भन्दा पनि पत्रकार सम्मेलनमा प्रसाईले दिएको अभिव्यक्तिले राष्ट्रिय चर्चा पायो । अहिले पत्रकार महासंघ पनि चुप छ । प्रसाई पनि चुपचाप छन् । त्यसो हुनुमा खास के छ पछाडि ?

प्रसाईले पत्रकार सम्मेलनपछि बोलेका केहि अभिव्यक्ति सबै जसो पत्रकारको कानमा परेको छ । पत्रकार महासंघका एक जिम्मेवार व्यक्तिले गुमनाम तरिकाले ४८ महिनाको तलव बुझेको प्रसाईले सबै पत्रकारल सुन्ने गरि भने भन्ने कुरा मलाई पनि पत्रकारले नै सुनाए । पत्रकार सम्मेलनमा जाने एक जना पत्रकारले मात्र होइन, धेरै पत्रकारले भनेपछि विश्वास लाग्यो । केहिले त सामाजिक सञ्जालमा पनि लेखे ।
पत्रकारले अघोषित रुपमा प्रेस संयोजक हुनुलाई के बुझ्ने ? महासंघमा बसेर त्यै पनि । त्यति मात्र होइन, भर्खरै एक जना पत्रकारलाई घर बनाइदिएको पनि भन्न भ्याए । अन्तिममा, एक जना पत्रकारले कोरोना संक्रमति भएर उपचार गरेको पैसा तिरेनन् । अर्थात, पैसा नभएको चेक दिएर अहिलेसम्म भुलाइरहेका छन् । प्रसाई जेजे बोलिरहेका छन्, त्यो पत्रकारकै कमजोरीले बोलेका हुन कि ? होइन भने, पत्रकारमाथि जुन किसिमको आरोप लाग्यो । त्यसका विरुद्ध किन विज्ञप्ति आएन ? कि प्रसाईले लगाएको आरोप सत्य हो । यदि हो भने, यस्तै यस्तै कारणले प्रसाई यो तहमा आएर बोलिरहेका छन् ।

विभिन्न समयमा आएका समाचार स्मरण गर्दै प्रसाईले पत्रकार मसँग भिडेका भिडै छन् । अब, म पनि पत्रकारसँग भिड्छु भने । यो भनाईमा पत्रकार महासंघ आत्तिनुपर्ने थियो जस्तो लाग्दैन । प्रसाईकै शैलीमा पत्रकारका बोली सुन्ने हो भने के हुन्छ ? यसैले पत्रकार र प्रसाईमा भएका कमीकमजोरीलाई सच्याउन जरुरी छ ।

पत्रकार महासंघले निकै सोचविचार गरेर विज्ञप्ति सार्वजनिक गरेको छ । हुनतः अहिलेको पत्रकार महासंघ एउटा गलत अभिप्रायले बनेको गठबन्धनको अर्को झुण्ड हो । यसको सक्रियता पत्रकारको जीवन र पत्रकारिताभन्दा पनि बाहिर छ । अब, प्रसाईले पक्कै पत्रकार सम्मलेनलाई सिकाईको रुपमा लिएको हुनुपर्छ । पत्रकार पनि सचेत भए कि त । जबसम्म यहाँका पत्रकार हल्का रुपमा प्रस्तुत भइरहन्छन्, तबसम्म पाँडे गाली खाइरहनेछन् ।

माथिको संवादलाई फेरि स्मरण गरौं । भुक्तानीका लागि गरिएको संवाद र भुक्तानी पछिको संवाद । पाउनुपर्ने बेला को कसरी प्रस्तुत भइरहेको छ भन्ने स्पष्ट छ । अर्को, पाइसकेपछिको प्रस्तुति पनि स्पष्ट छ ।

यसैले प्रसाईलाई गाली गर्दै गर्दा, प्रसाईका विरुद्ध विज्ञप्तिबाजी गर्दै गर्दा पत्रकारिता क्षेत्रमाथि आम मान्छेले प्रश्न उठाइरहँदा समीक्षा गर्ने कि नगर्ने ? पत्रकार ठिक छन् ? पत्रकार र पत्रकारिता क्षेत्रलाई पनि फर्किएर हेरौं । पत्रकार सब ठिकठाक, बाँकी गलत भन्ने दृष्टिकोण अब बदल्नुपर्छ ।

प्रकाशित मिति : माघ २६, २०७८ बुधबार  ७ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]