जेष्ठ २५, २०८२ शनिबार

बढ्यो सुनचाँदीका मूल्य

बिर्तामोड । सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु ३०० ले उकालो लागेर रु ९३ हजार ४०० पुगेको छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९३ हजार १००मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ९०० छ, यसको मूल्य अधिल्लो दिन रु ९२ हजार ६०० थियो । त्यस्तै आज चाँदीको मूल्य अधिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार २८० कायम रहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२७ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित मिति : माघ २६, २०७८ बुधबार  ११ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]