जेष्ठ ६, २०८१ आईतबार

काँकरभिट्टामा तनाव , नगरपालिकामा ताला

मेचीनगर । काँकरभिट्टा स्थित भानुटोलको दुईवटा घरमा आगलागी हुँदा मेचीनगरको दमकल नआएको भन्दै स्थानीयले नगरपालिका कार्यालयमा ताला लगाएका छन् ।

मेचीनगर–६ भानुटोल स्थित पासाङ तामाङ र दिलबहादुर गुरुङको घर आगलागी हुँदा बिर्तामोडको दमकल आयो तर मेचीनगरको दमकल नआएको आक्रोसमा स्थानीयले नगरपालिका गेटमा ताला लगाएका हुन् ।

काँकरभिट्टाबाट आक्रोसित भएर गएको स्थानीयहरुले नगरपालिका कार्यालयको मुख्य गेटमा ताला लगाईदेका छन् । नगरपालिकाका कर्मचारीहरु नगरपालिकामा थुनिएका छन् । स्थानीयले काँकरभिट्टा बजारमा नाराबाजी गर्दै सडक समेत अवरुद्व गरेका छन् । लामो तथा छोटो दुरीका यातायातका सवारी साधानहरु  चल्न सकेका छैनन् ।

प्रकाशित मिति : फाल्गुन १, २०७८ आईतबार  ३ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]