जेष्ठ ६, २०८१ आईतबार

मेनपाका मेयर – उपमेयरको राजीनामा माग, सडक आन्दोलन स्थगित

मेचीनगर। मेचीनगर नगरपालिकाका मेयर र उपमेयरलाई भोलि आगलागी भएको ठाउँमा उपस्थित गराउने सहमतीपछि सडक आन्दोलन स्थगित भएको छ । आगलागी भएको ठाउँमा मेयर विमल आचार्य र उपमेयर मिना पोखरेल उप्रेती आउने सहमतीमा आन्दोलन स्थगित गरिएको भानुटोलका स्थानीय युवा फडिन्द्र घिमिरेले बताए ।

मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङले भोलि विहान ११ वजे मेयर र उपमेयरलाई आगलागी भएको ठाउँमा ल्याउने जिम्मा लिएपछि आन्दोलन स्थगीत भएको घिमिरेको भनाइ छ ।

स्थानीयले एकसुत्रीय माग राखेका छन् । नगरपालिकाले २ वटा दमकल अपडेट राख्नु पर्ने स्थानीयको माग छ । यदि दमकल अपडेट राख्न नसके मेयर र उपमेयरले राजीनामा दिनु पर्ने माग गरेको घिमिरेले जानकारी दिए ।

आइतबार विहान मेचीनगर–६ भानुटोल स्थित पासाङ तामाङ र दिलबहादुर गुरुङको घर आगलागी भएको थियो । तामाङको घर भने पुरै जलेर नष्ट भएको थियो ।

आगलागी हुँदा ढिलो भएपनि बिर्तामोडको दमकल आएको थियो तर मेचीनगरको दमकल नआएकोमा स्थानीयबासी आक्रोसित भएका थिए ।
आगलागी हुँदा मेचीनगरको दमकल नआएको भन्दै स्थानीयले काँकरभिट्टा बजारमा मेयर र उपमेयरका विरुद्व नाराबाजी गर्दै सडक अवरुद्व गरेका थिए ।

आन्दोलनकारीले नगरपालिका कार्यालयको मुख्य गेटमा तालाबन्दी समेत गरे । गेटमा तालाबन्दी गर्दा कर्मचारीहरु नगरपालिका भित्रै थुनिएका थिए । ५ घण्टा यातायातका सवारी साधानहरु अवरुद्व भएको थियो ।

‘शनिबार मगमग चाउचाउमा भएको आगलागीमा दमकल खटिएको थियो’, वडाध्यक्ष तामाङले भने–‘आज पनि सो मेचीनगरको दमकलले उद्योगमा पानी हालिरहेको थियो । बिर्तामोडको दमकलमा पानी भरिएको थियो । तत्काल आगो निभाउन बिर्तामोडको दमकल काँकरभिट्टा पठाईएको थियो ।’

प्रकाशित मिति : फाल्गुन १, २०७८ आईतबार  ३ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]