बैशाख १२, २०८१ बुधबार

झापा गौरीगञ्जका पत्रकार राजवंशीलाई हात काटिदिने धम्की

बिर्तामोड । झापा गौरीगञ्जका पत्रकार मदन राजवंशीलाई हात काटिदिने धम्की आएको छ । गौरीगञ्जका ९ सहित ११ जना युवाहरुलाई भिजिट भिसामा दुबई पठाएर अलपत्र पारेको समाचार प्रकाशन गरेको भन्दै राजवंशीलाई यस्तो धम्की आएको हो ।

पत्रकार राजवंशीले भिजिट भिसामा दुबई पठाउने सञ्जय महतोले समाचार लेख्ने पत्रकारलाई हात काटिदिने धम्की दिएको जानकारी दिए ।

समाचार लेख्ने गौरीगञ्ज दर्पण डटकमका सम्पादक राजवंशीलाई दिउसो ४ बजेर फोन गरेर महतोले धम्की दिएका हुन् । फोनमा उनले प्रहरी कार्यालयमा कागज गरि सके पछिपनि किन समाचार लेखेको भनि धम्क्याएका पत्रकार राजवंशीले जानकारी दिएका छन् ।

महतोले अबैध रुपमा भिजिट भिसाबाट गौरीगञ्जका ९ सहित ११ जनालाई दुबइ पठाएर बिगत २४ दिनदेखि दुबइमा अलपत्र परेको समाचार राजवंशीले लेखेका थिए । ११ जना युवा दुबइमा अलपत्र पारेपछि शुक्रबार पीडितका अभिभावकहरुले ईलाका प्रहरी कार्यालय गौरीगञ्जमा उजुरी दिएका थिए ।

आईतबार पीडितका अभिभाबक तथा पीडक बिच छलफल चलाईएको थियो । छलफल पछि पीडक महतोले भिजिट भिसा सकिन केहि दिन बाँकी रहेको हुँदा सो अवधिमा उनीहरुलाई भने जस्तो काम लगाई दिने र लगाउन नसके फिर्ता ल्याइदिने सहमति भएको थियो ।

प्रकाशित मिति : फाल्गुन २, २०७८ सोमबार  ७ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]