जेष्ठ १२, २०८२ आईतबार

गर्भावस्थामा कोरोना खोप लगाउँदा आमा र शिशु दुवै सुरक्षित

काठमाडौं । एक अध्ययनले गर्भावस्थामा कोरोना खोप लगाउँदा आमा र शिशु दुवै सुरक्षित रहने देखाएको छ । अमेरिकाले गरेको एउटा अध्ययनले गर्भावस्थामा कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाउँदा आमा र जन्मिने शिशु दुवैलाई सुरक्षा प्रदान गर्ने देखाएको हो ।

यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) र अमेरिकाका विभिन्न बाल अस्पतालका अनुसन्धानकर्ताले गरेको अध्ययन प्रतिवेदनमा गर्भावस्थामा कोभिड खोपले जन्मिने शिशुलाई सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ ।

मङ्गलवार सार्वजनिक प्रतिवेदनमा गर्भावास्थामा कोरोना खोप लगाएका माहिलाबाट जन्मिएका शिशुमा कोरोना सङ्क्रमणका कारण अस्पताल भर्ना हुने सम्भावना समग्रमा कोभिडविरुद्धको खोप ६१ प्रतिशत प्रभावकारी देखिएको पाएको उल्लेख छ ।

प्रतिवेदनमा गर्भवती भएको २१ हप्तादेखि सुत्केरी हुनु १४ दिन अगाडिसम्म खोप लगाएकाहरूको शिशुलाई खोपले ८० प्रतिशतसम्म सुरक्षा प्रदान गरेको देखिएको दाबी गरिएको छ । यस्तै सीडीसीले गर्भवती महिला, स्तनपान गराइरहेका महिला, गर्भको योजना बनाइरहेका महिला र भविष्यमा गर्भवती हुन सक्ने महिला सबैले कोभिडविरुद्धको खोप लगाउन सिफारिस गरेको छ ।

प्रकाशित मिति : फाल्गुन ६, २०७८ शुक्रबार  ८ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]