जेष्ठ १२, २०८२ आईतबार

पत्रकार न्यौपानेसहित तीन सम्मानित

बिर्तामोड । जीवन बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको विर्तामोड शाखाले पत्रकारसहित तीन जनालाई सम्मान गरेको छ ।
कम्पनीको विर्तामोड शाखाले स्थापनाको चौथों वार्षिकोत्सवको अवसर पारेर विर्तामोडस्थित कार्यालयमै शुक्रबार एक संक्षिप्त कार्यक्रम आयोजना गरी पत्रकार सन्तोष न्यौपानेलाई सम्मान गरिएको हो ।

नेपाल बीमा क्षेत्रको प्रबद्र्धन र विकास एवंम नेपाली समाज रुपान्तरणमा उल्लेखनीय योगदान पु¥याएको ठहर गर्दै न्यौपानेलाई सम्मान गरिएको कम्पनीले जनाएको छ । साथै, सोहि अवसरमा पत्रकार न्यौपानेसहित अन्वेशक कर्ता तथा अभियानकर्मी सन्तोष घिमिरे र समाजसेवी गोमा अधिकारी खतिवडालाई सम्मान गरेको हो ।

कम्पनीका प्रदेश नम्बर १ का प्रमुख व्यवसाय अधिकृत विमलकुमार वाग्ले, एरिया ब्रान्च मेनेजर उत्तम कोइराला लगायतले उनीहरुलाई दोसल्ला र ढाका टोपी लगाएर सम्मानपत्र प्रदान गरेका थिए ।

ब्रान्च मेनेजर उत्तम कोइरालाले संस्थाको बार्षिक गतिविधि तथा प्रगति प्रस्तुत गरेको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि वाग्ले, सम्मानित ब्यक्ति न्यौपाने तथा घिमिरे सिनियर एजेन्सी म्यानेजर इश्वरीप्रसाद बराल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि वाग्ले तथा ब्रान्च मेनेजर कोइरालाले सर्वसाधारणको जीवन निर्वाह र विपदमा जीवन बीमाले उल्लेख्य सहयोग पुर्याइरहेको उल्लेख गर्दै सिटिजनले छोटो समयमै वीमितहरुको विश्वास जितेको उल्लेख गरेका थिए ।

कम्पनीकी शाखा प्रमुख जमुना कटुवालले सञ्चालन गरेको कार्यक्रमका बीच सहभागीहरुलाई केक काटेर खुवाई वार्षिकोत्सव मनाइएको थियो ।

प्रकाशित मिति : फाल्गुन ६, २०७८ शुक्रबार  ६ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]