बैशाख २६, २०८१ बुधबार

एकैदिन बिर्तामोडले बाँढ्यो ३९३ विधार्थीलाई पोशाक

झापा । बिर्तामोड नगरपालिकाले पोशाक वितरण कार्यलाई निरन्तरता दिएको छ । नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतको शुक्रवार टोलीले वडा नम्बर १० का ४ वटा विद्यालयमा पुगेर विद्यार्थीहरुलाई पोशाक वितरण गरेको हो ।

आज चमरधाप प्राथमिक विद्यालयमा ५६ जना, महेन्द्र ज्योति उच्च माध्यमिक विद्यालयमा ११५ जना,लक्ष्मीनारायण प्रा.विमा १६५ जना र विराट आधारभुत विद्यालयमा १५७ जना गरि जम्मा ३९३ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो ।

संक्षिप्त कार्यक्रमका विच नगरप्रमुख शिवाकोटी, उपप्रमुख महतरा प्रसाई र शिक्षा शाखा प्रमुख भण्डारीले विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई पोशाक हस्तान्तरण गरेका हुन् ।

पोशाक वितरण कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष दुर्योधन गुरुङ्ग,कार्यपालिका सदस्य गीता पोख्रेल, शिक्षा अधिकृत केशरबहादुर खवास, जानुका रेग्मी, कर्मचारी मेनुका निरौला लगायत जनप्रतिनिधि,शिक्षक तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

बिर्तामोड नगरपालिकाले गत बुधबारदेखि सामुदायिक विद्यालयमा अध्यनरत कक्षा ५ सम्मका विद्यार्थीहरुलाई स्कुल ड्रेस वितरण गर्दै आएको छ । नगरपालिकाले नगरका ११ वटा सामुदायिक विद्यालयमा पुगेर ड्रेस वितरण गरिसकेको छ ।

प्रकाशित मिति : फाल्गुन ६, २०७८ शुक्रबार  ८ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]