जेष्ठ १, २०८१ मंगलबार

प्रयोग गर्न नमिल्ने मतदाता परिचय पत्र नयाँ बनाइदिने

बिर्तामोड । जिल्ला निर्वाचन कार्यालय झापाले विभिन्न कारणले मतदाता परिचय पत्र प्रयोग गर्न नमिल्ने भएका मतदातालाई नयाँ परिचय पत्र बनाइदिने भएको छ । जिल्ला निर्वाचन कार्यालय झापामा त्यसका लागि निवेदन दिनुपर्ने जिल्ला निर्वाचन अधिकारी तुलसी कुमार नेपालले जानकारी दिए ।

एक सूचना जारी गर्दै निर्वाचन कार्यालय झापाले मतदाता परिचय पत्र हराएका, नष्ट भएका वा अक्षर नबुझिने भएको खण्डमा निवेदन दिन भनिएको छ । निर्वाचन कार्यालयले प्रयोग हुन नसक्ने अवस्थामा रहेका सरोकारवालाको वडा कार्यालयको सिफारिस सहित फागुन २० गतेभित्र कार्यालयमा निवेदन दिनुपर्ने जिल्ला निर्वाचन अधिकारी नेपालले जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन ७, २०७८ शनिबार  ६ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]