झापाको भूमिगत समूहमा कुकर किन्न महिलाको प्रयोग
बिर्तामोड । झापामा हिमाल सुरक्षा परिषद्का नाममा भइहरेको भूमिगत गतिविधिमा एक महिलालाई समेत झापा प्रहरीले बिहीवार सार्वजनिक गरेको थियो ।
प्रहरीले सार्वजनिक गरेको समूहमा ८ जना पुरुष छन् । पक्राउ पर्ने महिलामा दमक –९ निवासी ५० वर्षीया देवी बाँस्कोटा गुरागाई हुन् । झापा प्रहरीले दमक र विर्तामोडमा शंकास्पद् वस्तु राखेपछि उनीहरुको खोजी शुरु गरेको थियो ।

हिमाल सुरक्षा परिषद्मा आवद्ध महिलालाई कुकर खरिद्मा प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ । भूमिगत समूहमा आवद्ध ति महिला दमक चिया दोकान चोककी हुन् । उनले माघ ८ गते केरखा चोकमा रहेको एक पसलबाट ४ वटा कुकर खरिद गरेको प्रहरीको भनाई छ । उनी चन्दा असुलीमा समेत सक्रिय भएको अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनको घरबाट कुकरका कार्टुन , मोवाइल र चेक बरामद गरेको थियो ।