बैशाख २४, २०८१ सोमबार

झापाका ८६ विधालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट

बिर्तामोड । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि झापाका ८६ वटा विद्यालय छनोट भएका छन् । विद्यालयको भौतिक सुधार र सूचना प्रविधिसँग जोडिएको यो कार्यक्रमअन्तर्गत जिल्लाका १५ वटै पालिका समेटिएका छन् । त्यसमध्यै कमल गाउँपालिकाका १० वटा विधालय छनोटमा परेका छन् ।

झापाको मेचीनगरका ७, बिर्तामोडका ५, झापा गाउँपालिकाका ४, गौरीगञ्जका ४, बाह्रदशीका ५, शिवसताक्षीका ८, हल्दिवारीका २, गौरादहका ८, कचनकवलका ३, कमलका १०, अर्जुनधाराका ८, बुद्धशान्तिका ५, भद्रपुरका ५, दमकका ७ र कनकाईका ५ विधालय कार्यक्रममा छनोट भएका छन् ।

कार्यक्रमअन्तर्गत चार कोठे र दुई कोठे भवन निर्माण तथा सूचना प्रविधि प्रयोगशाला (आइसीटी ल्याब) स्थापनाका लागि बजेट आउने छ । चार कोठे भवनका लागि प्रतिविद्यालय रु ३६ लाख, दुई कोठे भवनका लागि रु १८ लाख र आइसीटी ल्याब स्थापनाका लागि रु छ लाख ५० हजार बजेट आउने शिक्षा विकास तथा समन्वय एकाई झापाले जनाएको छ ।

बिर्तामोड –२ को साङगवेद सस्कृत मावि, मोहनमाया मावि र बिर्तामोड–६ को सरस्वति माविले ४ कोठे भवन निर्माणका लागि ३६ लाख बजेट पाउने छन् । यस्तै, बिर्तामोड २ को वीर अमरसिंह मावि र बिर्तामोड –७ को लक्ष्मी माविले आइसीटी ल्याब स्थापनाका लागि छ लाख ५० हजार बजेट पाउने भएका छन् ।

प्रकाशित मिति : फाल्गुन ७, २०७८ शनिबार  ९ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]