बैशाख २४, २०८१ सोमबार

मनाहाङ्ग सेलिङ स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार भट्टराई पुरस्कृत

शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको सताक्षी प्रेस क्लबले पत्रकार सरोज भट्टाराईलाई सम्मान गरेको छ । सताक्षी प्रेस क्लबले पाँचौ वार्षिक साधारण सभाको अवसर पारेर मनाहाङ्ग सेलिङ स्मृति पत्रकारिता पुरस्कारबाट नगद १० हजारसहित पत्रकार भट्टराईलाई सम्मान गरेको हो ।

ग्रामीण क्षेत्रमा रहेर लामो समय व्यवसायिक रुपमा काम गरेको भन्दै साझा मञ्च डट कमका सहसम्पादक समेत रहेका भट्टराईलाई सम्मान गरिएको सताक्षी प्रेस क्लबका अध्यक्ष सेलिङ्ग केसीले बताए । पत्रकार भट्टराईलाई शिवसताक्षी नगर प्रमुख चन्द्रकुमार शेर्मा, स्व. मनहाङ्ग सेलिङका हजुरबुबा भवानी विक्रम सेलिङ, पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई र साहित्यकार तथा गजलकार विवस भलिभद्र कोइरालाले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।

सम्मानित पत्रकार भट्टराईले आफुले प्राप्त गरेको रकम रचानात्मक काम खर्च गर्ने भन्दै रु ५ हजार रकम थप गरी सताक्षी प्रेस क्लबले निर्माण गर्न लागेको भवनका लागि १५ हजार १ सय सहयोग प्रदान गरेका छन् । उनले पत्रकारिताको क्षेत्रमा अझ सशक्त र उर्जाशिल भएर कलम चलाउने प्रतिबद्धता समेत व्यक्त गरे । पत्रकार भट्टराई प्रेस चौतारी झापा कार्य समिति सदस्य समेत हुन् ।

कार्यक्रमा बोल्दै प्रमुख अतिथि समेत रहेका नगरप्रमुख शेर्माले सम्मानित भएका भट्टराई बधाई दिदै पत्रकारिता क्षेत्र अझ सशक्त भएर काम गर्न सुझाब दिए । उनले शिवसताक्षीमा रहेका पत्रकारहरु एक ठाउँमा उभिएर पत्रकारको आचार संहिता पालना गर्दै काम गर्नुपर्ने बताए । सताक्षी प्रेस क्लबले निर्माण गर्न लागेको भवनमा आफुले सकेको सहयोग गर्ने भन्दै प्रमुख शेर्माले सताक्षी प्रेस क्लबको अक्षयकोष बृद्धिका लागि पनि आफु सकारात्मक रहेको जानकारी दिए ।

नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष पत्रकार केशव भट्टराईले साहित्य र पत्रकारिता एक अर्काको परिपुरक भएको बताए । उनले भने, शिवतसाक्षी मात्र यस्तो क्षेत्र हो जहाँ प्रेस क्लबको हरेक कार्यक्रममा साहित्यकार तथा गजलकारहरुको उपस्थिति रहेको हुन्छ । समाजका लागि कमल चलाउने पत्रकार, साहित्यकार तथा गजलकारले संस्कार संकृतिसँग जोडिएर काम गर्दा समाज रुपमान्तरणमा अहम भूमिका रहने उनको भनाई थियो ।

त्यसैगरी साहित्यकार तथा गजलकार विवस बलिभद्र कोइरालाले पत्रकारिता क्षेत्रमा लागेर प्राप्त गरेको रकममा केही थप गरी प्रेस क्लबको भवन निर्माणमा सहयोग गरेको भन्दै पत्रकार भट्टराईले रचानात्मक काम गरेको बताए । यो देशमा कडौरौ रकम विभिन्न योजनाहरुबाट चुसेर खाइरेका बेला त्यही समाजमा पत्रकारिता गर्ने एक पत्रकारले प्राप्त गरेको रकमलाई थप गरी सहयोग भवन निर्माण सहयोग प्रदान गरेर उदारणीय काम गरेको साहित्यकार कोइरालाले बताए ।

कार्यक्रममा नेकपा एमाले शिवसताक्षी नगर अध्यक्ष मेघहाङ्ग थोप्रा (रोशन)ले शुभकामना व्यक्त गरेका थिए । नेकपा मओवादी केन्द्रका शिवसताक्षी अध्यक्ष महेन्द्र भट्टराई, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदाल, सतासीधाम मन्दिर विकास समितिका अध्यक्ष प्रसाद सुब्बा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : फाल्गुन ७, २०७८ शनिबार  ६ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]