बैशाख २४, २०८१ सोमबार

झापाबाट १५ कैदीबन्दी रिहा

बिर्तामोड । जिल्ला कारागार झापाबाट ७२औँ प्रजातन्त्र दिवसका अवसरमा शनिवार विभिन्न मुद्दाका एक भारतीयसहित १५ कैदीबन्दी रिहा भएका छन् । कर्तव्य ज्यान, बहुविवाह, सवारी ज्यान र डाका मुद्दाका कैदीबन्दीको भुक्तान हुन बाँकी कैद सजाय माफी मिनाहामा परी उनहिरु छुटेका हुन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार कर्तव्य ज्यानमा पाँच, डाका मुद्दाका चार, सवारी ज्यानमा एक र बहुविवाहमा पाँच जना रिहा भएका हुन् । बाइस वर्ष उमेर समूहदेखि ६६ वर्षसम्म उमेर भएका कैदीबन्दी छुटेका छन् ।

प्रकाशित मिति : फाल्गुन ८, २०७८ आईतबार  ८ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]