जेष्ठ १, २०८२ बुधबार

गठबन्धन स्वार्थले समस्या

सम्पादकीय
एमसीसीमा दवाव बढेपछि छिमेकी राष्ट्र चीन समेतले घुमाउरो भाषामा अमेरिकालाई धम्की दिएको छ । एमसीसीका कारण दुई शक्ति राष्ट्रको चेपुवामा नेपाल उभिएको छ । बाह्य राष्ट्रको सहयोगलाई सरकारले समयमै उचित निर्णय लिन नसक्दा शक्ति राष्ट्रहरु बाजाबाजमा उत्रिएका छन् । यो नेपाल राष्ट्रका लागि हितमा छैन । वर्तमान सरकारका प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसीमा घुसाएको स्वार्थले छिमेकी राष्ट्र बोल्न बाध्य भएको छ । यदि स्वार्थ नहुने र समयमै निर्णय लिने हो भने अमेरिकाको दवाव हुने थिएन । अमेरिकाको दवावलाई लिएर चीनले मुख नै खोलिसक्यो ।

नेपालको पूर्वाधार विकासका लागि एमसीसी परियोजना माग गरिएको थियो । विभिन्न दलका सरकारका पालामा पारित गर्न खोजिएको परियोजनालाई अहिले विवादको विषय बनाइएको छ । विवादको विषय बन्नुमा सत्ता गठबन्धनको स्वार्थ बाझिएर हो । गठबन्धन पनि जोगाउनै पर्ने, एमसीसी पनि पारित गर्नै पर्ने चालामालाले शक्ति राष्ट्र विवादमा उत्रिएका छन् । एउटै सरकारमा भएका दलहरुको मत बाझिएको छ । मत बाझिएपछि स्वभाविक रुपमा सरकार छोड्नुपर्ने हो । तर, सरकार नछोड्ने, एमसीसीका विरुद्ध सडक तताउने मामिला अत्यन्तै विरोधाभास छ ।

सत्ता गठबन्धनमा रहेको कांग्रेसलाई एमसीसी पारित गराउनु छ । यता, माओवादी र नेकपा समाजवादी गठबन्धन जोगाउने पक्षमा छन् । गठबन्धनभित्रै एमसीसीमा मत नमिलेपछि दुवै मुद्धा अहिले अन्यौलको अवस्थामा पुगेको छ । यसले अन्य राष्ट्रसँगको सम्बन्धलाई विगारेको छ । सदृढ सम्बन्धलाई फेरि तहसनहस बनाउने वर्तमान सरकारको रवैयाले मुलुकलाई ठुलो क्षति हुन सक्छ । आन्तरिक स्वार्थमा रुमलिएर राष्ट्रको हितमा गर्नुपर्ने काम विर्सिएको सरकारलाई आम नागरिकको तर्फबाट सचेत गराउनुपर्छ । यो मुद्धालाई चाँडो किनारा लगाउन अपरिहार्य छ ।

प्रकाशित मिति : फाल्गुन ८, २०७८ आईतबार  ८ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]