बैशाख २२, २०८१ शनिबार

बिएण्डसीद्वारा कचनकवलका १ हजार नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा

बिर्तामोड । बिएण्डसी अस्पताल बिर्तामोडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दक्षिण झापाका विपन्न परिवारलाई स्वास्थ्य बीमा गरिदिएको छ । शनिवार अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले कचनकवलमा पुगेर बीमा कार्ड वितरण गरेका हुन् ।

निशुल्क स्वास्थ्य बीमा कार्यक्रमको आयोजना गर्दै बिएण्डसी टिचिङ अस्पताल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालले १ हजार व्यक्तिको बीमा गरेको स्थानीय अगुवा नवराज भट्टराईले जानकारी दिए । उनले छुटेका व्यक्तिको कार्ड तत्कालै उलपब्ध गराइने बताए ।

उनका अनुसार सोही कार्यक्रम मार्फत प्रसाईले ५ सय महिलाको पाठेघर निशुल्क जाँच गरिदिने घोषणा गरेका छन् । कार्यक्रममा प्रसाईले कांग्रेस नेता कृष्ण सिटौला र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्रमा नागरिकलाई खानेपानीको समस्या भएको भन्दै २ सय विपन्न परिवारलाई तत्कालै ट्युवेल उपलब्ध गराइदिने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले दक्षिणी झापाको विजोग देखेर अस्पतालको अतिरिक्त सेवा ल्याएको बताएका थिए ।

अस्पतालको अध्यक्ष इन्दिरा गिरीको अध्यक्षमा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य बिमला विक, प्रदेश सदस्य बसन्त बाँनिया लगायतले गरिव, विपन्न नागरिकलाई लक्षित गरेर बिएण्डसी अस्पतालले गरेको कामको प्रशंसा गरे । प्रदेश सांसद् बाँनियाले समस्यामा परेका नागरिकलाई तत्काल सुविधा उलपब्ध गराउने गरि आफु क्रियाशिल भएको जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन ८, २०७८ आईतबार  ८ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]