जेष्ठ ६, २०८१ आईतबार

झापा गोल्डकपलाई सफल बनाऔं

सम्पादकीय
पूर्व नेपालको लोकप्रिय झापा गोल्डकपको पाँचौं संस्करण तयारी भइरहेको छ । फागुन २१ गतेदेखि बिर्ता बजारमा रहेको डोमालाल राजवंशी रंगशालामा हुने गोल्डकप सबै फुटवल प्रेमीको पर्खाइमा छ । सर्वाधिक रुचाइएको गोल्डकप आयोजनाका लागि मुल आयोजक समिति तीब्र दौडमा छ । छोटो समयमा तयारी गर्नुपर्ने भएकाले स्वभाविक रुपमा रफ्तारको तयारी हुनैपर्छ । नत्र, गोल्डकप व्यवस्थापन फितलो हुन सक्छ । गोल्डकपलाई सबैले सफल बनाउनुपर्छ । सफल बनाउनु आम झापाबासीको दायित्व पनि हो ।

भर्खरै मुख्य प्रायोजकसँग सम्झौता गरेको आयोजकले आर्थिक क्षेत्रको व्यवस्थापनलाई प्राथकितामा राखेको छ । करिव डेढ करोड खर्च हुने गोल्डकप आयोजनामा सबै क्षेत्रको सहयोग पनि उत्तिकै महत्वपूर्ण छ । कोरोना महामारीले गर्दा दुई संस्करण हुन सकेन । गोल्डकप नहँदा यहाँका फुटवल प्रेमी निस्ताइसकेको अवस्था छ । महामारीपछि आम नागरिकमा नयाँ उर्जा र जागरुपता ल्याउन गोल्डकपले पक्कै महत्पूर्ण सहयोग गर्नेछ । झापालीको गौरवको रुपमा रहेको झापा गोल्डकपलाई साझा बनाउन पनि जरुरी छ ।

खासगरी खेल क्षेत्र राजनीतिभन्दा टाढा हुनुपर्छ । सबै क्षेत्रको समान सहभागितामा गोल्डकप आयोजना हुनुपर्छ । झापामा पनि गोल्डकपलाई साझा बनाउन आयोजकको भूमिका अपरिहार्य छ । केहि बेरोजगारहरुलाई व्यवस्थापन गर्ने नाममा आयोजक कै आलोचना हुने वातावरण बनाउन हुदैन । आयोजकको अनुशासनले आर्थिक संकलनमा सहयोग पुग्छ । अध्यक्ष विनोद बस्नेतले अपेक्षाकृत सहयोग नपाएको गुनासो सार्वजनिक नै गरिसके । यसैले साझा कार्यक्रम बनाएर यसको सफलताका लागि सबैले सहयोग गरौं । झापा गोल्डकप – २०७८ सफल बनाऔं ।

प्रकाशित मिति : फाल्गुन १०, २०७८ मंगलबार  ८ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]