जेष्ठ १, २०८१ मंगलबार

भद्रपुरले बनायो वस्तीको बिचमा शवदाहस्थल

बिर्तामोड । झापाको भद्रपुर नगरपालिकाले मानव वस्तीमा शव जलाउने संरचना (शवदाहस्थल) निर्माण गरेको छ । शवदाहस्थलको निर्माण अन्तिम चरणमा पुगे पनि त्यसको प्रयोग गर्ने संभावना कम देखिएको छ । स्थानीयवासीले मानववस्तीमा मान्छे जलाउन नदिने बताउँदै आएका छन् ।

भद्रपुर–५ शान्तिटोल सुकुम्बासी वस्तीको सामुन्ने रहेको संरचना निर्माण अन्तिम चरणमा पुगेको वडाध्यक्ष बन्धु कार्कीले जानकारी दिए । उनका अनुसार अब, मोटर र विजुलीको काम बाँकी छ । सो संरचना ५५ लाखको स्टमेट हो ।

सुकुम्बासी वस्तीको मध्य भागमा मलामी विश्रामलय समेत बनाएको नगरपालिकाले माघबाटै सञ्चालनको तयारी गरेको थियो । वडाध्यक्ष कार्कीले भने, ‘माघ अन्तिममा सञ्चालन गर्ने भनेका थियौं, भएन । बाँकी काम सकेर सञ्चालनमा ल्याइन्छ ।’

शान्तिटोलका बासिन्दाले शुरु हुनुभन्दा पहिले सजग गराउँदा पनि जवरजस्ती निर्माण गरेको बताएका छन् । उनीहरुले कुनै हालत शव जलाउन नदिने बताए । स्थानीय रामबलम शाहले आफुहरुलाई मान्छेका दृष्टि नहेरेको आरोप लगाएका छन् । शवदाह स्थलदेखि ५० मिटरमा वस्ती छ, शाहले भने – तपाई यहाँ बस्नु सक्नुहुन्छ ? हामी बसिरहेको अवस्थामा यो संरचना बनाइएको छ ।

नजिकै पसल सञ्चालन गर्ने एक महिलाले पूलदेखि उत्तर भागमा संरचना बनाउन आग्रह गरेको बताइन् । हामीले पुल उत्तर बनाउनुभन्दा बजारमा गन्ध जान्छ भनियो । बजारमा गन्ध जान्छ भनेर यहाँ बनाइएको छ , हामीलाई गन्धले असर गर्दैन र ? जवरजस्ती संरचना बनाएको भन्दै उनले बालबच्चा खेल्ने ठाउँमा मान्छे जलाउने ठाउँ बनाएको बताइन् ।

यस्तै, गाउँकी मुखिया मुक्ति शाहले आफुहरुलाई जवरजस्त हटाएर त्यो ठाउँमा मलामी विश्राम घर बनाएको जानकारी दिइन् । ठाउँ छोड्न आफुले हस्ताक्षर नगरेको उनको दावी छ । ‘ज्यान गए पनि वस्तीको बिच भागमा मान्छे जलाउन दिन्न, हामी चै मान्छे होइन’ उनले भनिन् – यो वस्तीको व्यवस्थापन गरेर मात्रै जलाउन दिन्छौं । मान्छे जलाएको धुला र गन्धले हामीलाई असर गर्छ । नगरपालिकाले तत्कालै त्यसको व्यवस्था मिलाओस्, शाहले थपिन् ।

यता, वडाध्यक्ष कार्कीले स्थानीयवासीको सहमतिमा शवदाह स्थल निर्माण गरेको जानकारी दिए । केहि समस्या आए पनि समाधान गरेरै काम शुरु गरेको दावी गरे । उनले भने, समस्या आएमा समाधान खोज्नेछौं । उनले ठिक ठाउँमा निर्माण गरेको बताए ।

प्रकाशित मिति : फाल्गुन १०, २०७८ मंगलबार  ८ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]