जेष्ठ ६, २०८१ आईतबार

भद्रपुरमा सुकुम्बासीमाथि ज्यादती

सम्पादकीय
झापाको भद्रपुर नगरपालिकाले वस्तीको बिच भागमा शवदाहस्थल निर्माण गरेर सुकुम्बासीमाथि ज्यादती गरेको छ । सोझासिधा नागरिकमाथि कुनै प्रवाह नगरी निर्माण गरेको संरचना कसैका लागि सैह्य हुन सक्दैन । वरपर सुकुम्बासी वस्ती छ । वस्तीको बिच भागमा शव जलाउन निर्माण गरिएको संरचना सामाजिक रुपमा स्वीकार गर्न सकिदैन । सुकुम्बासी बस्तीमा बसेका नागरिक पनि अन्य नागरिक बराबर हुन् । उनीहरुको स्वास्थ्यमाथि नै खेलवाड हुने गरि तयार गरिएको संरचनाका बारेमा विकल्प खोज्नैपर्छ ।

शवदाह स्थल भद्रपुरमा निर्माण गर्नै नहुने भन्ने होइन । त्यो सबैको आवश्यकताको विषय हो । तर, उचित स्थानमा सो संरचना निर्माण गरिएको छैन । गाउँबासीको व्यापक विरोधका बिच जवरजस्त बनाएको आरोप छ । त्यहाँ बनाउनका लागि जनप्रतिनिधि र कर्मचारीले किन स्थानीयबासीको बारेमा सोचेनन् । कसरी त्यहाँ बनाउने परिकल्पना गरियो । गाउँवस्तीभित्र मात्रै विकल्प थियो त ? त्यसको विकल्प हुँदा हुँदै किन सुकुम्बासी बस्तीमा घाट बनाइयो ? सचेत नागरिकहरुले यो संचरनाका बारेमा आवश्यक बहस गर्नैपर्छ ।

मेची खोलाको पुल दक्षिणमा शवदाहस्थल निर्माण गरिएपछि गाउँबासी आक्रोसित छन् । कुनै हालतमा शव जलाउन नदिने उनीहरुको आक्रोस छ । भद्रपुर एउटा सचेत नागरिक बस्ने पुरानो बजार पनि हो । कम्तिमा त्यसको असरका बारेमा नगरपालिकाले अध्ययन गर्नुपर्ने थियो । ५५ लाख खर्च गरेर पनि स्थानीय नागरिकको सहमति विना संरचना निर्माण गर्नु ज्यादती हो । वर्षौदेखि बस्दै आएका सुकुम्बासीमाथि स्थानीय तहको ज्यादती बारे अधिकारकर्मीहरुले ध्यान दिन आवश्यक छ ।

प्रकाशित मिति : फाल्गुन ११, २०७८ बुधबार  ८ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]