बैशाख १९, २०८१ बुधबार

झापा उद्योग वाणिज्य संघको साधारणसभा मंसिरमा

भद्रपुर । झापाको अग्रणी व्यावसायिक संस्था झापा उद्योग वाणिज्य संघको ५३ औं साधारणसभा आगामी मंसिर दोस्रो साता हुने भएको छ ।


संघको नियमित मासिक बैठक बस्ने क्रममा आइतबार अध्यक्ष नवराज पनेरुको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले मंसिर १३ गते शुक्रबार साधारणसभा गर्ने निर्णय गरेको हो । यो साधारणसभा चुनावी साधारणसभा हुनेछ ।

बैठकले आगामी तीनवर्षे कार्यकालका लागि कार्यसमितिको निर्वाचनको मिति समेत तोकेको छ । संघको विधान अनुसार जिल्ला कार्यालयमा सदस्यता लिएका मध्येबाट १० जना बराबर १ जना गरी छानिने जिल्ला अधिवेशन प्रतिनिधिका लागि मंसिर १६ गते सोमबार र जिल्ला कार्यसमितिको निर्वाचन मंसिर १७ गते बिहीबार गर्ने निर्णय गरेको महासचिव पंकज शर्माले जानकारी दिए ।


बैठकले यो साधारणसभा चुनावी साधारणसभा भएकोले असोजभित्र नविकरण गरिसक्न सदस्य फर्महरुलाई आह्वान गरेको छ । संघमा जिल्ला कार्यालयमा झण्डै आठ सय सदस्य रहेका छन् । तीमध्ये १० जनाबराबर १ जना चुनिएर झण्डै ८० जना प्रतिनिधिले कार्यसमितिको निर्वाचनमा भाग लिन पाउनेछन् । तीनवटा शाखा कार्यसमितिका पदाधिकारी–सदस्यहरुले भाग लिन पाउनेछन् भने एशोसिएट्स र वस्तुगत सदस्य सहभागी हुने महासचिव शर्माले जानकारी दिए ।

प्रकाशित मिति : भाद्र ८, २०७६ आईतबार  ३ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]