जेष्ठ २, २०८१ बुधबार

शिवसताक्षीमा शुक्रवारदेखि पालिका कर्मचारीको फुटवल

झिलझिले । झापाको शिवसताक्षी नगरपालिकामा १५ स्थानीय तहका कर्मचारीस्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । भोलीदेखि सुरु हुने प्रतियोगिता फागुन २१ गते समापन हुने आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा झापाका १५ स्थानीय तहको सहभागिता हुनेछ । शिवसताक्षी नगरपालिकाको दुधे रंगशालामा हुने प्रतियोगिताको उद्घाटन शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्माले गर्ने छन् । उद्घाटनका दुई खेल हुनेछन् ।

पहिलो खेल आयोजक शिवसताक्षी नगरपालिका र बाह्रदशी गाउँपालिका बिच हुनेछ । शिवसताक्षी नगरपालिका साविकको विजेता पालिका हो । अर्को खेल ४ बजे अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिका बिच हुने शिवसताक्षी नगरका जिन्सी शाखा प्रमुख दीपक तामाङले बताए ।

प्रतियोगिताका विजेताले नगद ५५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले नगद ३५ हजारसहित मेडल ट्रफी र प्रमाणपत्र पाउनेछन् । दुधेमा आयोजना हुने प्रतियोगिता पाँचौं संस्करणको हो । पहिलो संस्करणको प्रतियोगिता दमक नगरपालिकाले आयोजना गरेको थियो भने त्यसको विजेता कन्काई नगरपालिकाले दोस्रो संस्करणको प्रतियोगिता आयोजना गरेको थियो ।

कनकाई नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको उपाधि भद्रपुर नगरपालिकाले जितेको थियो । उक्त उपाधि हत्याउने भद्रपुर नगरले तेश्रो संस्करणको आयोजना गरेको थियो । भद्रपुरमा भएको प्रतियोगिताको उपाधी बिर्तामोड नगरपालिकाले जितेको थियो ।

बिर्तामोड नगरपालिका ले चौथो संस्करणको प्रतियोगिता आयोजना थियो । सो प्रतियोगिताको प्रतियोगिताको उपाधि शिवसताक्षी नगरपालिकाले हत्याएपछि पाँचौं संस्करणको आयोजना पनि शिवसताक्षी नगरपालिकाले गरेको हो ।

यो प्रतियोगिताको उपाधि जसले रक्षा गर्यो आउँदो वर्षको आयोजना पनि सोही पालिकाले गर्ने आयोजक पालिकाले नियम बनाएको छ । पालिका कर्मचारीहरुबीच एकआपसमा भाईचारा, समन्वय, सहयोग र सद्भाव कायम राख्नका लागि वर्षेनी प्रतियोगिता हुने गरेको छ । विनोद सापकोटाबाट

प्रकाशित मिति : फाल्गुन १२, २०७८ बिहीबार  ८ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]