जेष्ठ ६, २०८१ आईतबार

बन्दमुक्त अभियानमा जुटौं

सम्पादकीय

झापाको सुरुङा बजार बन्द निषेधित बजार हो । विगतमा ठुला–ठुला आन्दोलनको प्रभाव नपरेको सुरुङाको आफ्नै पहिचान छ । पहिचान त एउटा विषय भयो । तर, बन्दमुक्त हुनुले ठुलो प्रभाव पार्दछ । व्यवसायीलाई ठुलो राहत हुन्छ । शिक्षा क्षेत्र नियमित चलिरहन्छ । बन्दबाट प्रभावित हुने क्षेत्रहरु स्वभाविक रुपमा चलायमान भइरहन्छन् । कसैको पनि बन्दले प्रभाव नपार्ने भएपछि त्यहाँ सबैको आकर्षण हुन्छ । सबैले सुरक्षित महसुस गर्नेछन् । त्यो वातावरण अब सबै बजारका लागि आवश्यक भइसक्यो ।

जिल्लाको ठुलो बजार हो, बिर्तामोड । बिर्तामोडलाई बन्दमुक्त बनाउने अभियान शुरु भएको छ । लामो समयदेखि चर्चामा रहेर पनि काम हुन नसकेको अवस्थामा थियो । अहिले बिर्तामोडलाई बन्दमुक्त क्षेत्र बनाउन सकिन्छ भन्ने गरि बहस शुरु भएको छ । बिर्तामोड उधोग वाणिज्य संघका महासचिव अर्जुन मैनालीको भर्खरै सार्वजनिक अन्तरवार्तामा पनि बन्दमुक्त क्षेत्रका लागि तयारी भइरहेको बुझिएको छ । उनका अनुसार समाजका सबै क्षेत्रहरुको सामुहिक पहल भएमा संभव पनि छ ।

बिर्तामोडलाई बन्दमुक्त बजार बनाउनका लागि सर्वप्रथम दलहरु सकारात्मक हुनुपर्छ । राजनीतिक दलसँग भव्य र सभ्य बहस गर्न जरुरी छ । राजनीतिक दल, सामाजिक संघ संस्था, व्यवसायिक संघ संगठनहरु, सामाजिक अगुवा लगायत सबै जसो क्षेत्रमा यसको छलफल प्रारम्भ हुनुपर्छ । वाणिज्य संघले गठन गरेको उपसमितिले प्रभावकारी काम गरिरहेको छैन । यसलाई प्रभावकारी बनाएर आवश्यक छलफल गरौं । कोरोना महामारीले तहसनहस भएको बजारलाई उठाउन, बजारको विकासको लागि बन्द सधैंका लागि बन्द हुनुपर्छ ।

प्रकाशित मिति : फाल्गुन १३, २०७८ शुक्रबार  ९ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]