जेष्ठ ६, २०८१ आईतबार

झापाका १०२ सामुदायिक विधालयलाई बेरुजु फर्स्यौट गर्न ताकेता

झापा । झापाका १०२ वटा सामुदायिक विधालयमा बेरुजु देखिएको छ । १०वर्षदेखि ती विधालयहरुले बेरुजु फस्र्योट नगरेको शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ ।

बेरुजु देखिएका विधालयहरुलाई फस्र्योटका लागि शिक्षा इकाईले ताकेता गरिरहेको जनाएको छ । शिक्षा समन्वय इकाईले सूचना सार्वजनिक गर्दै विधालयहरुलाई विवरण समेत पेश गर्न भनेको छ ।

विभिन्न आर्थिक वर्षमा भवन निर्माणका लागि विधालयहरुले गरेको खर्चमा बेरुजु देखिएकाले गत आर्थिक वर्ष ५७ विधालयले कार्यसम्पन्न प्रगति प्रतिवेदन पेश गरेका थिए । ४५ वटा विधालयहरुले अहिलेसम्म प्रगति प्रतिवेदन समेत नबुझाएको शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ । प्रतिवेदन बुझाउने र बुझाउन बाँकी जम्मा १०२ वटा विधलायले हालसम्म हिसाव बुझाएका छैनन्, झापाका इकाई प्रमुख राजकुमार विकले भने – सूचनामा सार्वजनिक गरिएका विधालयहरुदलाई तत्कालै बेरुजु फस्र्यौट गर्न भनिएको छ । प्राविधिक नापजाँच गरेर बिल भरपाई सहितको प्रतिवेदन बुझाएपछि महालेखालाई पठाइन्छ, उनले भने – महालेखाले हिसाव बुझेर प्रमाणित गरेपछि मात्रै बेरुजु फस्र्याैट हुन्छ ।

इकाईले निर्माण सम्पन्न भएका विधालयहरुलाई भवनहरुमा के कस्ता क्रियाकलाप सञ्चालन भइरहेका छन्, जानकारी दिन पत्राचार गरेको छ । इकाईले गत हप्ता विधालय भवन , शौचालय, कम्पाउण्ड वाल निर्माण तथा मर्मत सुधारमा भएको खर्चमा बेरुजु देखिएपछि फस्र्यौटका लागि प्रधानाध्यापकहरुसँग छलफल समेत गरेको थियो ।

कार्यसम्पन्न प्रतिवेदन बुझाउन बाँकी २५ विधालयले शौचालय निर्माणका लागि ६ लाखका बजेट प्राप्त गरेका थिए । २ विधालयलाई ४ कोठे भवन निर्माणका लागि १८ लाख, ३ विधालयलाई २ कोठे भवनका लागि १६ लाख, २ विधालयलाई नयाँ कक्षा कोठा, १ विधालयलाई ८ कोठे भवन निर्माणका लागि २४ लाख, बृहत मर्मतका लागि ५ देखि १५ लाख रुपैयाँसम्म विधालयहरुलाई निकासा गरिएको पत्रमा उल्लेख छ ।

शिक्षा विकास तथा समन्वय इकाई झापाका अनुसार बेरुजु फस्र्यौट गर्न बाँकी विधालयहरुमा सिंहदेवी प्रावि पृथ्वीनगर, पाथिभरा निमावी पाँचगाछी, डोरामाडी उमावि महारानीझोडा, भद्रपुर उमावि, फुलवारी उमावी चकचकी, जनज्योती मावि, खजुरगाछी उमावि, कमला.म . आ. मावि, जनजागृति मावि गोल्धाप, जनता आवि, जनविकास आवि, कनकाई आवि,बुद्ध आवि घेरावारी, दुर्गा मावि गरामनी, शहिद धर्मभक्त मावि, अमर आवि गौरादह, लक्ष्मीप्रसाद देवकोटा मावि कचनकवल, लक्ष्मी आवि विर्तामोड र जानकी मावि बालुबाडी रहेका छन् ।

यस्तै, बेरुजु फस्र्याेट गर्न बाँकी विधालयमा मोती मावि पथरिया, भृकृटी आवि झापा, शुक्रराज आवि विर्तामोड, साधुपति प्रावि बाह्रदशी, पशसपति मावि राजगढ, नवज्योती आवि झापा, मदरशा दारुल सलाम प्रावि बाह्रदशी, माधव संस्कृत विधाआश्रम प्रावि मेनपा, विरेन्द्र मावि चन्द्रगडी, जनआदर्श मावि शिवगञ्ज, भगवती मावि शिवगञ्ज, जनविकास आवि बाह्रदशी, महारानीगञ्ज मावि अर्जुनधारा, भानु मावि अर्जुनधारा, शनिश्चरे मावि अर्जुनधारा, नविकरण आवि बुद्धशान्ति, अर्जुनधारा मावि, जानकी आवि कनकाई, लक्ष्मी मावि हल्दिवारी, सिंहदेवी मावि अर्जुनधारा र जनता प्रावि गरामनी रहेका छ ।

अन्य ५७ वटा विधलायले कार्यसम्पन्न प्रगति प्रतिवेदन बुझाए पनि बेरुजु फस्र्याैट नगरेको शिक्षा इकाई झापाले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन १३, २०७८ शुक्रबार  ९ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]