जेष्ठ १, २०८१ मंगलबार

भद्रपुरमा एमसीसी परियोजनाको मत सर्वेक्षण

भद्रपुर । नेकपा (माओवादी केन्द्र) भद्रपुर नगर कमिटी, प्रचार विभागले शनिबार अमेरिकी सहयोग परियोजना (एमसीसी) नेपालमा चाहिने वा नचाहिने भन्ने सम्बन्धमा मत सर्वेक्षण गरेको छ ।

शहीद सप्ताहको अवसरमा भद्रपुर–५ को वडा कार्यालय अगाडि एमसीसीबारे आमजनताको मत सर्वेक्षण गरेको हो । नगर अध्यक्ष शिवकुमार राजभण्डारीले मुलुकका लागि घातक एमसीसी परियोजना हाल संसद्मा प्रस्तुत भएकाले सोको विरुद्धमा जनमत संकलन गरिएको बताए ।

दिउँसो १ः३० बजेदेखि ३ बजेसम्म गरिएको मत सर्वेक्षणमा १५४ जनाले मत खसालेका थिए । जसमध्ये १४९ मत चाहिँदैन, ४ मत चाहिन्छ र १ मत खाली (तटस्थ) खसेको थियो । छोटो अवधिमा गरिएको मत सर्वेक्षणमा ९७ प्रतिशतको मत विपक्षमा देखिएको नगर कमिटीका पार्टीका प्रचार विभागका राजु पाठकले बताए । मत सर्वेक्षणका क्रममा जनमानसमा एमसीसीविरुद्ध ठूलो आक्रोश देखिएको थियो । मत जाहेर गर्नेहरुले सोही क्रममा एमसीसीको आलोचना समेत गरेका छन् ।

प्रकाशित मिति : फाल्गुन १५, २०७८ आईतबार  ७ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]