बैशाख १४, २०८१ शुक्रबार

छिटो जग्गाको धनीपूर्जा दिन आग्रह

दमक । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले भूमिसम्बन्धी सबै खाले समस्या समाधान गर्न आयोगले काम गरिरहेको बताएका छन् ।

झापाको कमल गाउँपालिकामा सोमवार पालिकासँग भूमिसम्बन्धी समस्या समाधान गर्न आयोगसँग सम्झौता आदानप्रदान गर्दै उनले सुकुम्बासीको, भूमिहीन, दलित भूमिहीन र अव्यवस्थित बसोबासीको भूमि समस्या समाधान गर्न आयोग प्रतिबद्ध भएको बताए ।

देशैभरि देखिएका भूमि समस्या हटाउन सरकारले जिम्मेवारी दिएको उल्लेख गर्दै अध्यक्ष निरौलाले भने, ‘भूमि आयोग निष्पक्ष भएर सुकुम्बासी लगायतका भूमिसम्बन्धी समस्या हटाउँदै भूमिमा सबैको अधिकार स्थापित गर्ने गरी काम थालेका छौं ।’ सम्झौतापत्र आदानप्रदानका क्रममा पालिकाका अध्यक्ष मेनुका काफ्लेले गाउँँपालिकाभित्रका सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीलाई सहज ढङ्गले जति छिटो जग्गाको धनीपूर्जा प्रमाणपत्र दिन आग्रह गरिन् ।

प्रकाशित मिति : फाल्गुन १७, २०७८ मंगलबार  ८ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]