जेष्ठ १, २०८१ मंगलबार

पाँच वर्षे किस्तामा थियो म्याजिक

बिर्तामोड । झापा भद्रपुर–९ स्थित पारिजात चोकमा सोमवार गुडीरहेकोे गाडीमा अचानक आगलागी भयो । आगलागी भएको केहिवेरमै गाडी पूर्ण रुपमा क्षति भयो ।

चारआलीदेखि चन्द्रगढी जाने क्रममा प्रदेश १–०१–००१ ज ३५५० नम्बरको सेतो म्याजिक क्षणभरमै जल्यो । प्रहरीका अनुसार मानवीय क्षति भएन ।

तस्वीर : दिपेन्द्र कटुवाल

गाडीधनी भद्रपुर–९ का दिपक राउत यात्रु लिएर चन्द्रगडी तर्फ जाँदै गर्दा आगलागी भएको थियो । पछाडि बस्ने यात्रुले नै उनलाई आगो लागेको पहिलो सूचना दिए । सूचना थाहा पाउने वित्तिकै गाडी रोकेर ओर्लिएका राउत यात्रु जोगाउन लाग्दालाग्दै गाडी जोगाउन सकेनन् । इजलाससित कुरा गर्दै उनले भने, एकैछिनमा आगो फैलियो । के गर्नु, नगर्नु भए । न, पानी न दमकल, उनले भने – मोविलपट्टि आगो फैलिएपछि जोगाउनै सकिएन ।

गाडीधनीले वाईरिङ सर्ट भई गाडीमा आगलागी भएको जानकारी दिएका छन् । यसअघि पनि वाइरिङमा समस्या हुँदा मंसिरतिर मर्मत गरेका थिए ।
गत बैशाख २ गते खरिद गरेका उनले राम्रोसँग आम्दानी पनि लिन पाएका थिएनन् । ‘खरिद गर्ने वित्तिकै लकडाउन भयो, खुलेको केहि महिनामा दुर्घटना भयो’, राउतले भने – पहिलो पटक नयाँ गाडी किनेको थिए । त्यै पनि आगो लाग्यो ।

धाइजनस्थित सिप्रदीबाट १८ लाख ३५ हजारमा म्याजिक खरिद गरेका राउतको मुख्य आम्दानीको स्रोत नै गाडी थियो । दुई सन्तानको शिक्षा र घरखर्च जोहो गर्ने गाडीमा क्षति भएपछि समस्यामा परेका छन् ।

२०÷२१ वर्षदेखि सार्वजनिक यातायातको क्षेत्रमा काम गर्दै आएका उनले ५ वर्षे किस्तामा सवारी लिएका थिए । १ वर्षको किस्ता समेत तिरिसकेको थिइन, उनले थपे – ८ महिनामै गाडिमा क्षति भयो । गाडीबाटै कमाएर धेरै काम गर्ने सपना थियो ।

प्रकाशित मिति : फाल्गुन १७, २०७८ मंगलबार  ८ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]