बैशाख १२, २०८१ बुधबार

गौरीगञ्जका दुई युवा जबरजस्ती करणी आरोपमा पक्राउ

गौरीगञ्ज । जवरजस्ती करणी आरोपमा गौरीगञ्जबाट दुई युवा पक्राउ परेका छन् । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगञ्ज – २ भाकुरमारीका दुई युवालाई बुधबार राती पक्राउ गरेको गौरीगञ्ज प्रहरीले जनाएको छ ।

ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौरीगञ्जले गौरीगंज गाउँपालिका वार्ड नं.२ भाकुरमारी बस्ने अन्दाजी बर्ष २२ का प्रमोद राजवंशी र सोही ठाउँ बस्ने अन्दाजी बर्ष २४ का देव कुमार राजवंशीलाई पक्राउ गरेको हो । बुधबार वेलुका करिब ४ बजे पीडित बालिका भैसीका लागि पराल लिन गएको बेला ती युवाहरूले जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

ती युवाहरू भारतीय सिमा नजिक रहेको जबानमुन्सीमा वर्षेनी लाग्ने स्थानीय मेला घुम्न गएका थिए । ती बालिका ५ महिना देखि आफन्त दाजु पर्नेको घरमा बस्दै आएकी थिइन् । बालिकाका आफन्तले जबरजस्ती करणी गरेको किटानी जाहेरी दिएका हुन् । बालिकाको स्थायी घर भने झापा गाउँपालिका वार्ड नं ३ झाटी रहेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक राकेश रेग्मीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : फाल्गुन १९, २०७८ बिहीबार  ७ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]