जेष्ठ ६, २०८१ आईतबार

गैरजिम्मेवार कनकाई

सम्पादकीय
कनकाई नगरपालिकाले एक वर्षअघि आम नगरबासी नै खुशी हुने गरि एउटा अभियानको घोषणा गरेको थियो । घोषणाको केहि समयबाटै अभियानलाई सफल बनाउन नगरबासीले मन खोल्न थाले । त्यो अभियान थियो, अक्सिजन प्लान्टको स्थापना । कोभिड महामारीले आम नागरिक तड्पिरहेका थिए । त्यही बेला अक्सिजनको अभाव थियो । अक्सिजनको अभावकै कारण धेरै नागरिकले ज्यान गुमाए । अक्सिजनको अभावकै कारण नागरिकको ज्यान जान नदिने गरि थालिएको अभियान अहिलेसम्म पुरा भएन ।

प्रस्तावित नगर अस्पतालमा अक्सिजन प्लान्ट राख्ने खवरले उत्साहित नगरबासी अहिले अन्यौलमा छन् । झण्डै एक वर्षमा पनि अक्सिजन प्लान्ट जोडिएन । त्यो बेलाको उत्साह अहिले निराशामा बदलिदैछ । त्यै पनि नगरपालिका आम नागरिकप्रति जवाफदेही बन्न सकेको छैन । सबै दाताहरु यसबारे बेजानकार छन् । उनीहरुलाई किन ढिलाई भइरहेको छ भन्ने बारे थाहा दिइएको छैन । सहयोगी दाताहरुलाई जानकारी पाउने हक छ । तर, नगरपालिकाले किन त्यो सूचना दिइरहेको छैन ?

एक वर्ष ढिलाई गरेर ल्याएको सामानले तत्कालको उदेश्य पुरा हुने छैन । सामान त आउने नै छ, ढिलो छिटो । तर, दाताले जुन प्रयोजनका लागि सहयोग गरे त्यो पुरा हुन सकेन । यसका लागि नगरप्रमुखले आम दाताप्रति क्षमायाचना गर्नैपर्छ । दाताबाटै आधा करोड रकम संकलन भएको थियो । उनीहरुले पवित्र उदेश्य राखेर सहयोग गरेका हुन् । सहयोग प्राप्त भए पनि त्यसको मर्म बुझ्ने काम भएन । नगरमा जनप्रतिनिधि यसबारे जानकार छैन । कर्मचारी पनि केहि मात्रै जानकार छन् । कार्यपालिकाको निर्णय नै नगरी अक्सिजन प्लान्ट जोड्ने काम गरेको भन्ने सूचना पनि बाहिर आएको छ । वास्तविकता के हो ? नगर यदि जिम्मेवार र जवाफदही छ भने यथार्थ कुरा सार्वजनिक गरोस् ।

प्रकाशित मिति : फाल्गुन २०, २०७८ शुक्रबार  ५ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]