जेष्ठ २, २०८१ बुधबार

एमाले अध्यक्ष ओलीले दर्शकसँगै झापा गोल्डकप हेर्ने

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दर्शकसँगै झापा गोल्डपकको उद्घाटन खेल हेर्ने भएका छन् । अध्यक्ष ओली पाँचौं झापा गोल्डकप उद्घाटन गर्न शनिवार झापा आउदैछन् । उद्घाटनपछिको पहिलो खेल दर्शकसँगै बसेर हेर्ने नेकपा एमाले झापाले जनाएको छ ।

अध्यक्ष ओली फागुन २१ को सन्दर्भ पारेर झापा आउन लागेका हुन् । सुखानी स्मृति दिवशको अवसरमा हरेक फागुन २१ मा झापा आउने ओली विभिन्न कार्यक्रममा सहभागी भएरै साँझ काठमाडौं फर्किने कार्यक्रम छ ।

एमाले झापाका प्रचार विभाग प्रमुख गोपाल काफ्लेका अनुसार विहान ९.३० बजे अर्जुनधारा नगरपालिका स्थित सहिद सुखानी सहिद स्मारकमा गएर माल्यापर्ण गर्ने पहिलो कार्यक्रम छ ।

११.३० मा कमल गाउँपालिका वडा नं ६ खयरबारीमा रतुवा–मावा तटबन्धको शिलान्यास गर्ने कार्यक्रम छ । यसैगरी दिउसो दिनको १२.३० बजे बिर्तामोडको सिपी पार्टी प्यालेसमा आयोजना गरिएको प्रेस चौतारी नेपाल प्रदेश १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यस लगत्तै १.३० बजे बिर्तामोडको सिटी सेन्टरमा रहेको साई पार्टी प्यालेसमा आयोजित नेपाल खेलकुद महासंघ प्रदेश १ को प्रथम अधिवेशनमा सम्बोधन गर्ने कार्यतालिका छ ।

प्रकाशित मिति : फाल्गुन २०, २०७८ शुक्रबार  ६ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]