जेष्ठ १, २०८१ मंगलबार

भद्रपुर– ९ को वडा कार्यालयमा तालावन्दी

भद्रपुर । नेपाली कांग्रेस भद्रपुर–९ वडा समितिले वडाध्यक्ष सनिलाल राजबंशीको कार्यकक्षमा शुक्रबार तालाबन्दी गरेको छ ।
किर्ते नागरिकतामा जिल्ला अदालत झापाबाट कसुर ठहराएका अध्यक्ष राजबंशीले जनताको कुनै पनि काम गर्न नमिल्ने भन्दै वडा सभापति चेतनाथ भट्टराईको नेतृत्वमा कार्यालय पुगेको एक टोलीले तालाबन्दी गरेको हो ।

आमनागरिका प्रत्यक्ष सरोकार राख्ने विषयमा अदालतले दोषी ठहराई फैसला गरेको अध्यक्षलाई काम गर्न नैतिकताको आधारमा नमिल्ने भन्दै कामकाज नगर्न आग्रह गर्दा अध्यक्ष राजबंशीले नमानेपछि बाध्य भएर तालाबन्दी गर्नु परेको सभापति भट्टराईको भनाई छ ।
यता, अध्यक्ष राजबंशीले भने आफुले नगर प्रमुख जीवनकुमार श्रेष्ठको आदेशमा काम गरेको बताउदै नगर प्रमुखको निर्देशन नभएसम्म आफुले कार्यकक्षमा बसेर काम गरिरहने बताउदै नगर प्रमुखलाई भेट्न गएपछि कांगे्रस कार्यकर्ताहरुले उनको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

राजबंशीले नगरपालिका प्रमुख श्रेष्ठले आफुलाई काम नगर्न लिखित आदेश नदिएसम्म काम गर्न नछोड्ने दोहोर्याए तालाबन्दी गर्न बाध्य हुनु परेको वडा सभापति भट्टराईले बताए । किर्ते नागरिकता काण्डमा लगभग ३ बर्षअघिदेखि फारार राजबंशी अदालतमा धरौटी रकम राखेर वडा अध्यक्षको काम कारवाहीमा सक्रिय रहँदै आएका थिए ।

प्रकाशित मिति : फाल्गुन २१, २०७८ शनिबार  ७ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]