जेष्ठ २, २०८१ बुधबार

झापा गोल्डकप : सातदोबाटो क्वाटर फाइनल प्रवेश

बिर्तामोड । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सातदोबाटो युथ क्लब झापाको बिर्तामोडमा शनिबारबाट सुरु भएको पाँचौँ संस्करणको झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सातदोबाटोले क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।
टाइब्रेकरमा जावलाखेलका लागि विदेशी खेलाडी जुनियर र सुरजजीउ ठकुरीले प्रहार गरेको बल सातदोबाटोका गोल रक्षक अभिषेक बरालले रोक्न सकेनन् । जावलाखेलका राजेन्द्र रावल र गौरव श्रेष्ठको प्रहार विपक्षी गोल रक्षक बरालले विफल गरेका थिए ।
सातदोबाटोका आकाश बुढामगर, प्रसान्त अवस्थी, कप्तान मानबहादुर तामाङ र विदेशी खेलाडी अजयी मार्टिनले टाइब्रेकरमा गोल गर्न सफल भए ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलको तेस्रो मिनेटमै सातदोबाटोका लागि अजयी मार्टिनले गोल गरेका थिए । निरज चौधरीले डिबक्समा दिएको पासलाई सदुपयोग गर्दै मार्टिनले ‘वान टच’मा गोल गरे । खेलको १३ औँ मिनेटमा जावलाखेलले १÷१ को बराबरी ग¥यो । विदेशी खेलाडी निकोलस फर्नान्डेजको क्रसमा जुनियरले गोल गरे । खेलको ३५ औँ मिनेटमा जुनियरले दोस्रो गोल गर्दै खेललाई २–१ को अन्तरमा पु¥याए ।

पहिलो हाफ २–१ मा टुंगियो । दोस्रो हाफको ८ औँ मिनेटमा सातदोबाटोका आशिष राईले गोल गर्दै खेल बराबरीमा पारे । निरज चौधरीकै पासमा राई जावला खेलका गोल रक्षक ईश्वर गुरुङ बिट हँुदा गोल गर्न सफल भए ।

पहिलो खेलको म्यान अफ दि म्याच सातदोबाटोका गोलरक्षक अभिषेक बराल घोषित भए । उनले नगद ९ हजार ९९९ नगद पाए । आइतबारको दोस्रो खेल नेपाल पुलिस क्लब र संकटा क्लबबीच हुने आयोजकले जनाएको छ ।

३० फागुनसम्म हुने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार पुरस्कार पाउने आयोजक समिति अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । प्रतियोगितामा नेपालका ८ र भारतका दुई क्लबको सहभागिता छ । पाँचौँ संस्करणको झापा गोल्डकपको उद्घाटन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।

प्रकाशित मिति : फाल्गुन २१, २०७८ शनिबार  ७ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]