जेष्ठ २, २०८१ बुधबार

विर्तामोड नगरपालिकालाई उपाधि

बिर्तामोड । झापाको शिवसताक्षीमा सम्पन्न पालिका स्तरीय नकाउट फुटबल प्रतियोगिताको उपाधि विर्तामोड नगरपालिकाले हात पारेको छ ।

विर्तामोड नगरपालिकाले भद्रपुर नगरपालिकालाई ५–१ को फराकिलो गोल अन्तरले हराउँदै उपाधि हात पारेको हो । खेलको पहिलो हाफको ७ मिनेटमा विर्तामोड नगरपालिकातर्फबाट जर्सी नं. ७ तजेन्द्र तामाङ्गले पहिलो गोल गरेका थिए ।

पहिलो हाफको इन्जुरी समय भद्रपुरले आत्मघाती गोल गरेपछि विर्तामोडले २ गोलको अन्तर बनाएको होे । खेलको दोस्रो हाफको ३ मिनेटमा भद्रपुरको तर्फबाट जर्सी नं. १९ का कमल राजवंशीले गोल गर्न सफल भए । विर्तामोडका लागि जर्सी नं. ११ को चुनु सोरेनले थप दुई गोल गर्दै ५–१ को फाराकिलो गोल अन्तरले उपाधि आफ्नो पक्षमा पार्न विर्तामोड नगरपालिका सफल भएको हो ।

प्रतियोगिताका सर्वाधिक गोल कर्ता भद्रपुरका चन्द्र प्रधान, वेष्ट डिफेन्डर विर्तामोडका डिल्ली गौतम, उत्कृष्ट मेड फिल्डर विर्तामोडका चुनु सोरेन, उत्कृष्ट स्टाइकर शिवसताक्षीका सौरभ मल्लिक घोषित भएका उनीहरुले जनही ५ हजार प्राप्त गरे ।

त्यस्तै सर्वोत्कृष्ट खेलाडी विर्तामाडका प्रभाष मगर घोषित भए । उनले नगद ६ हजार प्राप्त गरे । प्रतियोगिताका विजेताले नगद ५५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेताले नगद ३५ हजारसहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । पालिका स्तरीय नकाउट फुटबल प्रतियोगिता फागुन १३ गतेदेखि सुरु भएको थियो ।

प्रकाशित मिति : फाल्गुन २२, २०७८ आईतबार  ९ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]