जेष्ठ २, २०८१ बुधबार

बिर्तामोडमा फागुन २७ देखि प्रदेशस्तरीय वडी बिल्डिङ प्रतियोगिता

बिर्तामोड । प्रदेश स्तरीय वडी बिल्डिङ च्याम्पियनसिप प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । यहि फागुन २७ र २८ गते झापाको बिर्तामोडमा आयोजना गरिने प्रदेश स्तरीय मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पियनसिप प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको शनिवार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

बिर्तामोड ५ मा रहेको बडी ग्यारेजको आयोजनामा गर्न लागिएको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक समितिका अध्यक्ष अर्जुन मैनालीले जानकारी दिए ।

खेल क्षेत्रको विकास र सबैको खेलाडिको पहुंच पु¥याउन प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाई छ । गरिमा मल्टी प्रपोज बिर्तामोड २ स्थित चारपोनको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा प्रदेश १ का एक सय ५०जना महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा ५५, ६०, ६५ र ७० केजी माथि तौल समूहको छुट्टा÷छुट्टै प्रतिस्पर्धा हुनेछ । त्यहि प्रतियोगिताका ओभरल च्याम्पियनले नगद तीन लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समिति संयोजक राम दाहालले जानकारी दिए ।
आयोजकका अनुसार फागुन २७ गतेको प्रतियोगिता बिर्तामोड स्थित अतिथि सदनमा र २८ गते बिर्तामोड सिटी सेन्टरमा गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न करीब २० लाख खर्च लाग्ने आयोजक समितिका सचिव दुर्गा निरौलाले जानकारी दिए ।

त्यस्तै आयोजकका अनुसार प्रतियोगितामा दोस्रो हुनेले दुई लाख, तेस्रोले १ लाख , चौथोले ७५ हजार र पांचौं हुनेले ५० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने शारिरीक सुगठन संघका केन्द्रिय सदस्य दिपेन चौधरीले बताए । आयोजकका अनुसार महिला र पुरुषका लागि छुट्टै÷छुट्टै प्रतियोगिता आयोजना गरिएको हो । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता भएकाले यस प्रतियोगितामा भाग लिन पाउने छैनन् ।

खेल क्षेत्रको माध्यमबाट स्वास्थ्य रहन सकिन्छ भन्ने अभिरुची जगाउँदै खेल प्रतिको मोह आम मानिसमा बढाउन पनि यस्ता प्रतियोगिताले ठुलो सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ ।

प्रकाशित मिति : फाल्गुन २२, २०७८ आईतबार  ९ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]