जेष्ठ २, २०८१ बुधबार

झापा गोल्डकपको दोस्रो दिन : पुलिस र संकटाबीच प्रतिस्पर्धा हुँदै

बिर्तामोड । शनिवारदेखि शुरु पाँचौं झापा गोल्डकपको दोस्रो दिन आज विभागीय टोली नेपाल पुलिस क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने आजको खेल निकै प्रतिष्पर्धा हुनेछ ।

पहिलो दिनको खेलमा जावालाखेल युथ क्लबलाई पराजित गर्दै सातदोबाटो युथ क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ । सातदोबाटोले ट्राइब्रेकरमा ४–२ गोल अन्तरले जावलाखेललाई पराजित गरेको हो ।

घरेलु टोली झापा–११ सहित ‘ए’ डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, थ्री स्टार, संकटा, सातदोबाटो र जावलाखेल युथ क्लब सहभागी भएको छ । गोल्डकपमा दुई भारतीय टिम एमएफसी दार्जिलिङ र आरपी एफसी सिक्किम सहभागी भएका छन् ।

गोल्डकपको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रूपैयाँ पुरस्कार पाउनेछन् ।

त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एउटा मोटरसाइकल प्रदान गरिनेछ। प्रतियोगिताका उदीयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रूपैयाँ पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद २५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९ सय ९९ रूपैयाँ पाउने गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो ।

झापा गोल्डकपको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।

प्रकाशित मिति : फाल्गुन २२, २०७८ आईतबार  ९ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]