जेष्ठ ६, २०८१ आईतबार

रंगशाला बनाउने घोषणा

सम्पादकीय
पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डोमालाल राजवंशी रंगशाला बनाइदिने घोषणापछि जिल्लाका खेल सरोकारवाला उत्साहित भएका छन् । वर्षौदेखि खेलकुद सञ्चालन भइरहेको डोमालाल राजवंशी रंगशाला स्थानीय व्यवस्थापनबाट प्रतियोगिता भइरहेको थियो । पाँचौं झापा गोल्डकप उद्घाटन गर्न शनिवार झापा आएका ओलीले रंगशाला बनाइदिने घोषणा गरे । निर्वाचन सकिए लगत्तै रंगशाला निर्माणमा आफ्नो ध्यान केन्द्रीत हुने ओलीको भनाई थियो । उनको यो घोषणाले खेलप्रेमी, विकासप्रेमी उत्साहित भएका छन् । सँगै, विकास विरोधीहरु आलोचनामा उत्रिसकेका छन् ।

डोमालाल राजवंशी रंगशालाको जग्गामा विवाद थियो । विवादित जग्गामा रंगशाला बनाउन समस्या थियो । तर, तत्कालिन महान्यायाधिवक्ता एवम् एमालेका नेता अग्नि खरेलको पहलकदमीमा जग्गा फिर्ता ल्याउने काम भएको छ । खेल मैदानका लागि दिइएको जग्गामा केहि भूमाफियाँको आँखा पर्यो । माफियाहरुबाट जग्गा फिर्ता ल्याउन सजिलो थिएन । तर, खरेलको नेतृत्वमा धेरै जग्गा फिर्ता आइसकेको छ । अब, केही जग्गामा मात्र फिर्ता ल्याउन बाँकी छ । ओलीले उद्घाटन कै क्रममा भनेका छन्, सहजै फिर्ता ल्याउन नसकिए कानुनी प्रक्रियाबाट फिर्ता ल्याइनेछ ।

डोमालाल राजवंशी रंगशालालाई व्यवस्थित प्याराफिटको जरुरी छ । अहिले बाँसको प्याराफिटमा दर्शक बसेर फुटवल हुर्नुपर्ने बाध्यता छ । ओलीले रंगशाला बनाइदिन्छु भन्नासाथ खासगरी माओवादीका नेता कार्यकर्ता विरोधमा उत्रिएका छन् । स्वभाविक रुपमा माओवादीहरु विकासमा खासै रुचि राख्दैनन् । त्यसै पनि विरोध गर्नु स्वभाविक छ । अब, यो रंगशाला बनाउन सबैले सहयोग गर्नुपर्छ । आर्थिक रुपमा ओली नेतृत्वको सरकार आएपछि सहयोग हुने नै छ । स्थानीय स्तरमा सहकार्य र समन्वय गरेर रंगशाला निर्माणमा सहयोग गर्नुपर्छ । दमकमा जस्तै विरोध भएमा यहाँ पनि रंगशाला बन्न सक्दैन ।

प्रकाशित मिति : फाल्गुन २३, २०७८ सोमबार  १ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]