चैत्र १६, २०८० शुक्रबार

स्वास्थ्यमा सजग बाह्रदशी

बाह्रदशी झापाको केन्द्र बिर्तामोडसँग जोडिएको गाउँपालिका भएपनि सुगम भने छैन । स्थानीय सरकार आएपछि बल्ल त्यहाँका स्थानीयले विकासको अनुभव गर्न थाल्दैछन् । बिस्तारो बिकास अंकुराउँदैछ, जनतामा आशाको किरण पलाउँन थाल्दैछ । मुलतः कृषि पेसा बाह्रदशीको पहिचान हो । विभिन्न जातजातिको साझा फुलबारी रहेको यो गाउँपालिकामा आदिबासी समुदायको बाहुल्यता छ । राजवंशी समुदायको संस्कृति बाह्रदशीको मूल सम्पित्ति मध्ये एक हो ।

बाह्रदशीका अधिकांस स्थानीयमा न्यून आए भएको र शैक्षिक स्तरमा बिस्तारो सुधार हुँदै गएको छ । स्वास्थ्य क्षेत्र भने अलि संवेदनशिल छ । हुनैलाई चाहिँ संघीयता अगाडी बाह्रदशीको स्वास्थ्य स्थिति भयावह नै थियो । स्वास्थ्य जोखिम थियो, स्थानीय थलिएका थिए । पछिल्लो पाँच वर्षमा बाह्रदशीले स्वास्थ्य क्षेत्रमा गतिलै फड्को मारेको छ । गर्वका साथ चौडा छाति बनाएर सुनाउने थुपै्र कार्यक्रम छन् स्थानीय तहसँग । कार्यक्रम कागजमा मात्र होइन, जनजीवनसम्म पनि पुगेको पाइएको छ ।

बाह्रदशीका जनताको स्वास्थ्य स्थितिबारे जिज्ञासा राखेका छौँ । बाह्रदशी गाउँपालिका स्वास्थ्य क्षेत्रमा कत्तिको संवेदनशिल रहेछ, बुझेका छौँ । हामीले पाँच वर्ष अगाडीको प्रगति र अहिले अबस्था दाँजेर हे¥यौँ । हामीलाई लाग्यो बाह्रदशी अब गुणस्तरमा लाग्नु पर्छ । स्वास्थ्य क्षेत्रकामा विकासको फड्को त मारी नै सक्यो ।

स्वास्थ्य शाखा प्रमुख

बाह्रदशीमा पाँच वर्ष अगाडी तीन वटा स्वास्थ्य संस्था थिए । एउटा स्वास्थ्य संस्था स्वास्थ्य मापदण्ड पुग्न लागेको थियो, अन्य दुई मापदण्ड नपुगेका । स्वास्थ्यकर्मी पर्याप्त थिएनन् । स्वास्थ्यका उपयोगी कार्यक्रम थिएनन् नै । ‘कर्मकाण्डी’ हिसाबले स्वास्थ्य संस्था चलेको स्थानीय सुनाउँछन् । ‘स्वास्थ्य संस्था जम्मा सिटामोल बाँढ्ने केन्द्र थियो’ एक स्थानीयले गुनासो राखे । अधिकांस नागरिक बिरामी हुँदा भद्रपुर वा बिर्तामोड जानु पर्ने बाध्यतामा थिए । कति स्थानीय भने बिर्तामोडसम्म जान सक्ने अबस्थामा पनि थिएनन् । सुने–जानेको घरेलु औषधी प्रयोग गर्थे । एक हिसावले ‘भगवान भरोसा’ थियो बाह्रदशीको स्वास्थ्य अबस्था ।

पाँच वर्षमा बाह्रदशीको जनसंख्या पनि बढ्यो । गाउँपालिका नयाँ थपिएको पुस्तालाई जोगाउने चुनौति पनि बढ्यो । स्वास्थ्यको अधिकार बोकेर गाउँमै पुगेको कार्यालयलाई सहज भने थिएन । पाँच वर्षमा ४ वटा स्वास्थ्य संस्था थपिए । गाउँपालिकामा अहिले ७ वटा स्वास्थ्य संस्था छन् । जसमध्ये ३ वटा स्वास्थ्य चौकी र ४ वटा आधारभूत स्वास्थ्य चौकी हुन् । सातै वटा स्वास्थ्य चौकी आफ्नै भवनमा संचालित छन् । सरकारको पूर्ण मापदण्डमा एउटा स्वास्थ्य चौकी परिसकेको छ । जटिलबाहेक अधिकांश रोगको निधान बाह्रदशीका स्वास्थ्य संस्थाले गर्न सक्छन् ।

बाह्रदशीले दीगो विकासको लक्ष्य राखेर सबै उमेर समुहका नागरिकको स्वास्थ्य जीवनमा उल्लेखनीय भूमिका खेलेको छ । स्वास्थ्य क्षेत्रमा प्रवद्र्धनका कार्यक्रमहरु प्रभावकारी ढंगले संचालन गरिरहेको छ । नागरिकले आफ्नो घर नजिक स्वास्थ्य संस्था पाए । भौतिक पूर्वधारको विकासमा बाह्रदशीले धेरै काम फत्ते नै गरिसक्यो । केही काम अझै भइरहेको छ । भौतिक निमार्ण पछि दक्ष जनशक्ति, औजार उपकरण तथा गुणस्तरीय सेवा दिन गाउँपालिकाले योजनामा काम गर्दैछ ।

खोप, परिवार नियोजन, गर्भवति एवं शिशुजाँच, साधारण प्रसुती, पोषण, मानसिक स्वास्थ्य लगायत क्षेत्रमा गाउँपालिको भूमिका उल्लेखनीय छ । राजगढ स्वास्थ्य चौकी र डाँगीबारी स्वास्थ्य चौकी मापदण्ड अनुसार काम गरिहेका छन् । यी दुबै स्वास्थ्य संस्थाले माथी उल्लेखित सम्पूर्ण सेवा दिन योग्य र सक्षम छन् । गाउँपालिकाले यसपछाडी चकचकी स्वास्थ्य केन्द्रलाई बिस्तार र बिकास गर्ने सोचमा छ ।
बाह्रदशीको स्वास्थ्य क्षेत्रमा विकास भौतिक रुपमा मात्र भएको भने होइन । यहाँ सर्वाङीण विकासका लागि चाहिने अत्यावश्यक सबै क्षेत्र विकासमा गाउँपालिकाले पहल गरिरहेको छ । देखिने गरी वा अनुभव हुने गरि स्वास्थ्य कार्यालय सुधार भइरहेका छन् । दीर्घकालिन योजना बनाएर काम गर्दै गरेको गाउँपालिकाले गुणस्तरमा ध्यान दिन थालेको छ । स्वास्थ्य कार्यालय हुनुपर्ने जस्तै बनाएपछि दक्ष जनशक्तिको आवश्यकता टार्न गाउँपालिका लागि परेको छ । ६ वटा स्वास्थ्य संस्थामा दरवन्दी बमोजिक कर्मचारी छन् । एउटामा छिटै पुरा हुँदैछ । कुनै पनि स्वास्थ्य संस्थामा दक्ष जनशक्तिको अभावमा काम रोकिने अबस्था छैन ।

हरेक स्वास्थ्य संस्थामा आफ्नै इन्टरनेट छ । कम्प्युटर छ, कम्प्युटर चलाउने दक्ष जनशक्ति छ । अनलाईन अपडेट भइरहेको हुन्छ । नागरिकले अनलाइन मार्फत धेरै सुबिधा पाएका छन् । धेरै जानकारी अनलाइन नै हुँदै आएको छ । सूचना डिजिटल माध्यमबाट प्रकाशन हुन्छ । अनलाईन माध्यममा भएका धेरै कार्यक्रम प्रभावकारी पनि भए । अझ गाउँपालिका अनलाईन मार्फत पूर्ण काम सञ्चालन गर्ने तयारीमा छ । छिमेकमा भएका गाउँपालिकाका केही स्वास्थ्य संस्था एउटा कोठा भाडामा लिई काम भइरहेको छ । जसको तुलनामा बाह्रदशी धेरै फड्को मारेको देखिन्छ ।

बाह्रदशीका ७ वटै स्वास्थ्य केन्द्र व्यवस्थित छन् । दरबन्दी पुरा छ । काम गर्न कम्प्युटर प्रविधि छ । धेरै सुचना अनलाइन मार्फत गर्न स्वास्थ्य केन्द्र सक्षम छन् । र सबैभन्दा महत्वपूर्ण कुरा त, ‘पब्लिक हेल्थ ओरेन्टेड’ कार्यक्रम चलेका छन् । जसको नतिजा निकै राम्रो छ ।
यसअघि जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत कार्यक्रमहरु गाउँमा पुग्थ्यो । सबै गाउँको कार्यक्रम समेटिने भनिए पनि सबै गाउँ उति नै लाभान्वित हुन सकेको थिएन । जसमा बाह्रदशी पनि पर्छ । आदीवासी र पिछडिएको वर्गको बाहुलयता भएको र न्यून शैक्षिक अबस्थाको बासिन्दा धेरै भएको ठाउँमा प्राय जिल्लाको कार्यक्रम कम प्रभावकारी थियो । जसको एउटा उदाहरण थियो, बाह्रदशी । जब अधिकार र कार्यक्षेत्र स्थानीयको आँगनमा पुग्यो । तब, बिस्तारो स्थानीयमा स्वास्थ्य प्रतिको चेतना बढेको गाउँपालिकाको बुझाई छ ।

बाह्रदशी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामकुमार साह चेतना स्तर उठेकोमा खुसी देखिन्छन् । उनलाई गाउँपालिकाका धेरै कार्यक्रममा पाएको सफलताले अझै खुसी थपेको छ । कति कार्यक्रम राखेको तारगेट भन्दा पनि सफल भए । ‘यो भन्दा खुसी के हुन सक्ला र’ साहको प्रश्न हो यो । ‘जुन ठाउँमा आर्थिक अबस्था कमजोर भएका र शैक्षिक स्तर नउठेका नागरिक बस्छन् त्यहाँ स्वास्थ्य जटिल हुन्छ’ प्रमुख साह भन्छन्, ‘धेरै मेहनत गरेर हामी बिस्तारो सफल हुँदैछौँ । उनका अनुसार गर्नुपर्ने धेरै छ, अहिले नै गाउँपालिकाले पूर्ण सफलता हात पारेको भने छैन ।
सुरुसुरुमा धेरै महिला आफ्नो स्वास्थ्यको विषयमा कुरा गर्न नै लजाउँथे । रोग लाई सरम मान्नेको संख्या ठूलो थियो । डर भन्दा रोग सानो मान्थे । व्यक्तिगत स्वास्थ्यका विषयमा खुलेर कुरा त अहिले पनि गर्दैनन्, तर नगर्नेको संख्या थोरै छ । धेरै महिला आफ्नो स्वास्थ्यमा चासो गर्न थालेका छन् । गर्भवती जाँच नै गर्न लजाउने पनि थुप्रो थिए । गाउँपालिकाको प्रयत्न पछि, चालु आ.ब.को पुष सम्ममात्रै पूर्ण गर्भवती जाँच गराउने महिलाको संख्या १७० छ । चार–पाँच वर्षको तथ्याङ्क अनुसार यो चार गुणा भन्दा धेरैले बृद्धि हो ।

बाह्रदशीको तथ्याङ्क अनुसार २० वर्ष नपुगी बिबाह गर्नेको संख्या घटेको छ । तर, पूर्ण रुपमा रोकिएको भने छैन । आर्थिक र शैक्षिक गुणस्तरको सुधार भएसँगै स्वास्थ्यमा धेर थोर असर पर्छ नै । जसको प्रत्यक्ष उदाहरण हो, बाह्रदशी । चालु आ.ब.मा मात्र पनि २० वर्ष नपुगी गर्भवती हुने महिला ४० हाराहारी छ । पहिलो गर्भ जाँच गराउने ३६ जना छन्, पूर्ण चार पटक जाँच गराउनेको संख्या २६ छ । यो वर्ष मात्र स्वास्थ्य संस्थामा ५० जनाले प्रसुती सेवा लिए । घरमै प्रसुती हुनेको संख्या शुन्य छ । बाह्रदशीको स्वास्थ्य संस्थामा चालु वर्ष ५८ बच्चा जन्मिए । जसमा एक बच्चाको मृत्यु भयो । औसत भन्दा कम तौल भएका बच्चा १० जना थिए । यसै चालु वर्ष बाह्रदशीमा ५८ जना आमाले यातायात खर्च पाए, १७ जना गर्भवतीले उत्प्रेरणा खर्च पाए ।

बाह्रदशीले गर्भवती र सुत्केरी महिलाई सहयोग गर्न प्याकेज मै कार्यक्रम ल्याएको छ । योग्य महिलाले आमा सुरक्षा कार्यक्रम अन्तर्गत यातायात खर्च, पोषणको कार्यक्रम र प्रोत्साहन भत्ता प्राप्त गर्न सक्छन् । जसको प्रभावकारीता एकदमै राम्रो भएको प्रमुख साहको अनुभव छ ।

साहका अनुसार महिलाको सबैभन्दा संवेदनशिल समयमा हेरचाह गर्न विभिन्न माध्यमबाट बाह्रदशी खटेको छ । गर्भधारणदेखि नै आमाले दिनहुँ खाने साविक खानाका साथै एकपटक थप पौष्टिक तथा सन्तुलित खाना खानुपर्छ, जस्ता शैक्षिक कुरा सिकाउन बाह्रदशी चुकेको छैन ।
बाह्रदशीमा स्वास्थ्यका दुष्टिकोणले हेर्ने हो भने जनचेतना अभावका कारण लाग्ने रोगका बिरामी धेरै छन् । पानीजन्य रोगहरु, फोहोरका कारण फैलने रोगहरु, श्वासप्रश्वास, हावाबाट फैलने रोगहरु, महिलाको पाठेघरको समस्या लगायत रोगको न्यूनीकरण गर्ने चुनौति बाह्रदशीको लागि मुख्य चुनौति हो ।

यस्ता आधा रोगको समाधान नै स्वास्थ्य खानपान, स्वास्थ्य जीनवशैली, कसरथ, तनाव मुक्त जीनव आदी हुन् ।
नेपालमा नै पोषणमा समस्या देखिएपछि सरकार दीर्घकालिन समस्या समाधानमा लागेको छ । पोषण सम्बन्धी विभिन्न कार्याक्रम देशभर लागु भएका छन् । जसलाई कार्यान्वयन गर्न बाह्रदशी चुकेको छैन । देशको भयावह अबस्था टार्न सरकारी प्रयत्नमा स्थानीय निकायको महत्वपूर्ण भूमिका हुन्छ । धेरै स्थानीय निकायमा यस्ता प्रकारका केन्द्रीय कार्याक्रम झारो टार्न मात्र गर्ने गरेको पर्याप्त उदाहरण छन् । यस्तो अबस्थामा बाह्रदशीले चालेका विभिन्न कदम सम्मान गर्न योग्य छन् ।

बाह्रदशी स्वास्थ्य शाखा प्मुख साह भनछन्, ‘बच्चा दुई वर्ष नपुन्जेल पौष्टिक खान भएन भने विकराल समस्या आउन सक्छ । पुड्कोपन, सुस्त मनस्थिती लगायतका दीर्घकालिन रोगको शिकार हुन्छन् बच्चाहरु ।’ यस्ता समस्या समाधानमा बाह्रदशीले सचेतता पूर्वक कदम चालेको उनी बताउँछन् । गाउँपालिकाको संयोजनमा, आइरन चक्कि बाँढ्ने, जुँकाको औषधी खुवाउने, भिटामीन ए खुवाउने लगायत कार्यक्रम पर्याप्त मात्रामा सञ्चालन भएका छन् । गर्भवती महिलाको स्वास्थ्य जाँच गर्न अस्पताललाई तयार पारिएको छ । नियमित गर्भवती जाँच गराउन सचेतनामुलक कार्यक्रम सञ्चालन भएका छन् । जसलाई बाह्रदशीको महत्वपूर्ण कदम मान्न सकिन्छ ।

बाह्रदशीले उपलब्ध गराउने १५ सय प्रोत्साहन भत्ताको सबैतिर प्रशंसा छ । जनप्रिय बनेको छ यो कार्यक्रम । रगतको कमी नहोस् भन्न विभिन्न कार्यक्रम निःशुल्क सञ्चालन भएका छन् । सुत्केरी गराउने दुई वटा सुरक्षित ठाउँको प्रवन्ध भएको छ । राजगढ स्वास्थ्य चौकी र डाँगीबारी स्वास्थ्य चौकीलाई बर्थिङ सेन्टरको रुपमा विकास गरिएको छ । गर्भ जाँच गर्न भिडियो एक्स –रेको सेवा तुरुन्त सञ्चालनको तयारीमा छ । बढिमा १५ दिन लाग्ने प्रमुख साहले जानकारी दिएका छन् ।

बाह्रदशी गाउँपालिकाको स्वास्थ्य क्षेत्रको विषेशता नै खोप कार्याक्रम हो । प्राय सबै खोप कार्याक्रमले तारगेट मिट गरेको छ । खोप कार्यक्रमको योजना करीब–करिब पुरा भए । गत आर्थिक वर्षमा ८ सय बच्चाको लक्ष्य राखिएको बिसीजी खोप ८२० जना बच्चाले लगाए । २५५० डोज खोप प्राप्त भएको थियो, सबै खपत भयो । २८४५ डोज प्राप्त भएको डिपीटि, २८४५ नै चल्यो । पोलीयोको खोप ९ डोज चलेन । २४१५ खर्च भयो, २४२४ प्राप्त भएको थियो । बाँकी, २५३४ डोज पिभिसी, १५७८ डोज रोटा, १८९४ डोज एआईपिभी, १६६० गर्भवति महिलाको टिडी, प्राप्त भएजति सबै चल्यो ।

गत आर्थिक वर्षमा सुरक्षित मातृत्व कार्यक्रम पनि सन्तोषजनक नै भयो । ५६१ जनाले पहिलो गर्भ जाँच गराएका थिए । चौथो गर्भ जचाउनेको संख्या ४७४ पुग्यो । २३६ जनाले सबै गर्भ जाँच गराए । चालु आर्थिक वर्षमा जाँच गराउने महिलाको प्रतिशत बढेको छ । सबै गर्भ जाँच गराउने महिला १७० छन्, जहाँ पहिलो गर्भ २४३ जनाले गराएका थिए । पाँच वर्ष पहिला असुरक्षित सुत्केरी गराउनेको संख्या ठूलो थियो । यस आर्थिक वर्षमा ५० जना सबैले दक्ष स्वाथ्यकर्मीबाट सुत्केरी गराए । गत आ.ब.मा ९७ जनाले दक्ष दनशक्तिबाटै सुत्केरी गराएका थिए । दुबै आ.बमा अदक्षबाट सुत्केरी गराउनेको संख्या शुन्य छ ।

गत आ.ब.मा जन्मिएका ९७ बच्चा मध्ये ९० जनाको अबस्था सामान्य थियो । जन्मिएका कुल बच्चा मध्ये ६ जना कम तौलका थिए । एक जना मृत जन्मिएको नगरको तथ्याङ्कमा उल्लेख छ । चालु आ.ब.मा ४८ मध्ये १० जना कम तौलका थिए ।

बाह्रदशीको गत आ.ब.को पोषण कार्यक्रमको नतिजा पनि तारिफ योग्य नै छ । गत आ.ब मा बाह्रदशीले ५०९ जनालाई आइरन चक्कि बितरण गरेको छ । जुकाको औषधी खाएका महिलाको संख्या ४९० छ । ९८ जना सुत्केरी महिलालाई भिटामीन ए खुवाएको नगरको तथ्याङ्कमा लेखिएको छ । ११०४ जना महिलाालाई बाह्रदशीले पोषण कार्यक्रममा सहभागी गराएको थियो । जसमध्ये पोषणको जोखिममा रहेका ५ जना महिलालाई उच्च सर्तकताका साथ पोषण तथा चेतना दिइएको थियो ।

चालु आ.ब.को पौषसम्ममा पोषण कार्यक्रम अन्तर्गत ५६४ जना महिला सहभागी भए । जसमा ७ जना जोखिममा देखिए । उच्च जोखिममा देखिनेको संख्या शुन्य छ । जोखिममा रहेका महिलाका लागि गाउँपालिकाले विषेश निगरानी राखने गरेको छ । औषधी र पोसिलो खानेकुराको बारे जानकारी दिने गरेको गाउँपालिकाले जनाएको छ ।

कोभिडले पारेको असर
बाह्रदशी झापाको त्यो ठाउँ मध्येमा पर्छ, जहाँ झापामै पहिलोपटक कोभिडको बिरामी फेला परेको थियो । २०७६ साल बैशाख १४ गते बिरामी फेला परेका थिए । तत्कालिन समयमा उति ठूलो जनधनको क्षति नभए पनि जनतामा त्रास भने फैलिएको थियो । अन्य क्षेत्र वा पालिकाबाट मान्छे बाह्रदशी जान डराउने अबस्था थियो । बाह्रदशीमा अहिलेसम्म कोरोनामा कारण मृत्यु हुनेको संख्या ३० हराहारी छ । तर तथ्याङ्कमा ११ जना लेखिएको छ । कोरोना कै कारण मृत्यु भएको भए पनि सबै दर्ता भएका छैनन् । यो समस्या बाह्रदशीको मात्रै होइन ।

कोरोनाकालमा बिहान ५ बजेदेखि बेलुका ११ बजेसम्म खटेका थिए बाह्रदशीका स्वास्थ्यकर्मी । कोरोनासँग जुध्नेमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सहित स्वास्थ्यसँग सम्बन्धित सबैको ठूलो योगदान छ । तर, स्वास्थ्यकर्मीको योगदानको उचित कदर नभएको गुनासो स्वास्थ्यकर्मीले गर्दै आएका छन् । धेर–थोर गुनासो बाह्रदशीको पनि छ ।

प्रकाशित मिति : फाल्गुन २३, २०७८ सोमबार  १ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]