जेष्ठ ९, २०८२ बिहीबार

तत्काल पानी पर्ने सम्भावना कम

काठमाण्डौ – दिनप्रतिदिन गर्मी बढ्दो छ । दुई, तीन दिन यता काठमाण्डौसहित देशभरको अधिकतम तापक्रम बढेको छ । 

काठमाण्डौको अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ भने धरानको ३४ डिग्री सेल्सियस पुगेको छ । यस्तै, विराटनगरको अधिकतम तापक्रम पनि ३२ डिग्री सेल्सियस नाघेको छ भने जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज, धनगढी लगायतका क्षेत्रको तापक्रम  पनि ३२ डिग्री सेल्सियस आसपासमा पुगेको छ । 

तत्काललाई पानी पर्ने मौसमी प्रणाली नरहेकाले देशका धेरै ठाउँको मौसम आज सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रकाशित मिति : फाल्गुन २५, २०७८ बुधबार  ८ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]