जेष्ठ ६, २०८१ आईतबार

लहडमा उम्मेद्वार नबनौं

सम्पादकीय
स्थानीय तहको निर्वाचनले मुलुक निर्वाचन तर्फअघि बढेको छ । बैशाख ३० गते स्थानीय तहको निर्वाचन तोकिएपछि दलहरु निर्वाचनमा केन्द्रीत भएका छन् । दलहरुको दौडधुप अहिले निर्वाचनमा छ । सबै दलका नेताहरु निर्वाचन केन्द्रीत कार्यक्रममा सहभागिता जनाइरहेका छ । नेताको दौडधुप र अभिव्यक्तिले निर्वाचनमय भइरहेको छ । निर्वाचन भनेको पक्कै नयाँ प्रतिनिधिको छनौट हो । नयाँ प्रतिनिधिको छनौटमा सबैले ख्याल गर्न अपरिहार्य छ । नत्र, निर्वाचनको मर्म पुरा हुने छैन ।

स्थानीय तहको निर्वाचनको मिति तोकेपछि उम्मेद्वार बन्न इच्छुक व्यक्तिहरु चलमलाउन थालेका छन् । ताल बेतालमा उम्मेद्वार बन्छु भन्नेहरुको दौड शुरु नै भइसकेको छ । स्थानीय तहमा आफ्नो योगदानबारे कुनै मतलव नगरी उम्मेद्वार बन्छु भन्ने पनि छन् । जो उम्मेद्वार बन्न सक्छन््, तर जनप्रतिनिधि बन्न सक्दैनन् । जनप्रतिनिधि बन्नलाई आम नागरिकको शुभेक्षाको खाँचो छ । शुभेक्षा नभएका व्यक्तिहरुमा उम्मेद्वार बन्ने इच्छा मात्रै पुरा हुन सक्छ । लहडमा उम्मेद्वार बन्नुभन्दा पनि आफ्नो योगदान खोजेर सर्वेक्षण गर्न आवश्यक छ ।

एउटा जनप्रतिनिधि बन्नलाई साक्षर भएर मात्र हुदैन । सामाजिक, राजनीतिक र आर्थिक विषयमा सामान्य ज्ञान हुन आवश्यक छ । योजना निर्माणमा सामान्य ज्ञान भएको हुनुपर्नेछ । अहिले स्थानीय तहको प्रभावकारितामा प्रश्न उठ्नुको मुख्य कारण भनेको जनप्रतिनिधिको कमजोर योग्यता र क्षमता हो । यदि त्यस्तो थिएन भने, प्रश्न उठ्ने थिएन । यसैले अबको निर्वाचनमा सक्षम व्यक्तिलाई जनप्रतिनिधि बनाउनुपर्छ । पहिलो निर्वाचनमा जस्तो मतदाता अबुझ छैनन्, अब । पाँच वर्षमा मतदाताले मज्जाले चिनेका छन् । कस्तालाई मत दिने भन्ने बारेमा आम नागरिक सचेत हुनुपर्छ ।

प्रकाशित मिति : फाल्गुन २६, २०७८ बिहीबार  ९ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]