जेष्ठ ९, २०८२ बिहीबार

झापामा ७० लाखको अवैध औषधिसहित गाडी र चालक नियन्त्रणमा

बिर्तामोड । झापाको बुद्धशान्तिबाट प्रहरीले ७० लाख बराबरको अवैध औषधि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रवार साँझ बुद्धशान्ति–४ बाट अवैध औषधि, पिकअप गाडी र एक जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।

ईलाका प्रहरी कार्यलय बुधबारेबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा ईलामबाट झापा तर्फ आउदै गरेको मे १ च ६८३३ नम्बरको पिकअप गाडीमा माथिबाट छुर्पी र घ्यू को बोराले छोपेर ल्याइएको औषधि फेला पारेको थियो ।

प्रहरीले औषधि लिएर आउने गाडी चालक ईलाम सुर्योदय –३ का ३० वर्षीय सईन्द्र राई समेतलाई नियन्त्रणमा लिई इप्रका धुलाबारी झापामा ल्याई राखी अनुसन्धान गर्दा औषधीको मुल्य ६९ लाख ७७ हजार ९ सय ४४ रुपैयाँ रहेको खुलेको छ । पिकअप गाडीको अंन्दाजी मुल्य ८ लाख गरी जम्मा ७७ लाख ७७ हजार ९ सय ४४ रुपैयाँ मुल्य खुल्न आएकोले थप अनुसन्धानको लागि औषधी ब्यवस्था बिभाग शाखा कार्यालय कन्चनबारी बिराटनगर मोरङ पठाउने तयारी भइरहेको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

स्रोतका अनुसार भारतबाट किलोमा औषधि नेपाल ल्याएर विक्रि गर्ने गरिएको छ ।

बरामद गरिएको औषधिको विवरण

प्रकाशित मिति : फाल्गुन २८, २०७८ शनिबार  २ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]