जेष्ठ ४, २०८१ शुक्रबार

निर्वाचनमा स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुस् : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राष्ट्रसेवक कर्मचारीलाई स्वतन्त्र र निष्पक्ष भएर काम गर्न सुझाव दिनुभएको छ ।

नेपाल निजामती कर्मचारी सङ्गठनको ११औँ राष्ट्रिय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘नागरिकको हैसियतले कर्मचारीको निर्वाचनमा स्वतन्त्र र निष्पक्ष भूमिका हुनुपर्छ, कुनै पार्टी विशेष लाग्न हुन्न ।’ राष्ट्रसेवक कर्मचारीले जुनसुकै सरकारलाई असहयोग होइन साथ र सहयोग पु¥याउनपर्नेमा सुझाव दिँदै अध्यक्ष ओलीले एमाले प्रतिपक्षमा रहे पनि पार्टी प्रवेशको लहर चलेको बताउनुभयो ।

आगामी निर्वाचन स्वच्छ र निष्पक्षकासाथ सम्पन्न गर्ने दायित्वमा नचुक्न सल्लाह दिँदै उहाँले लोकतन्त्र र ट्रेड युनियन अधिकारका औचित्यपूर्ण मागमा तलमाथि भएमा सहयोग र साथ दिने वचन दिनुभयो ।

अध्यक्ष ओलीले देशको अर्थतन्त्र ध्वस्त अवस्थामा पुग्दै गरेको बताउँदै निर्वाचनका माध्यमबाटै पुनःसरकारमा आउने दाबी गर्नुभयो ।

प्रकाशित मिति : फाल्गुन २८, २०७८ शनिबार  ५ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]