जेष्ठ ४, २०८१ शुक्रबार

कांग्रेसको चुनावी अभियान आजदेखि

काठमाण्डाै – नेपाली कांग्रेसले आजदेखि चुनावी अभियान सुरु गर्दैछ । अभियानको सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुहुनेछ ।

चैत २९ गतेसम्म चल्ने अभियानमा नागरिकलाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव सङ्कलन गर्ने कांग्रेसले जनाएको छ । कांग्रेसको दृष्टिकोण, राष्ट्रिय मुद्दाहरूमा लिइएका अडान र महत्त्वपूर्ण विषयलाई नागरिकसमक्ष पुर्याउने प्रवक्ता महतले बताउनुभयो ।

स्थानीय तहको चुनावको लागि माहोल बनाउने लगायत आठवटा मुद्दामा अभियान केन्द्रित हुने छ । वैशाख ३० गते हुने स्थानीय तह चुनावलाई लक्षित गरेर कांग्रेसले एक महिने अभियान सुरु गर्न लागेको कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । अभियानको लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरेको उहाँले बताउनुभयो

पार्टीका नेता–कार्यकर्ताहरुलाई जिम्मेवारी बाँडफाँट, एमसीसी सम्झौता पारित गरेको बारेमा यथार्थ कुरा नागरिकलाई जानकारी गराउने, कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने र नेकपा सरकारको गएकाे तीन वर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण नागरिक समक्ष व्यापक रूपमा राख्ने प्रवक्ता महतले बताउनुभयो ।

प्रकाशित मिति : फाल्गुन २९, २०७८ आईतबार  ८ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]