जेष्ठ ९, २०८२ बिहीबार

प्रेस चौतारी अध्यक्षमा गणेश बस्नेत, हिरामान महासचिव

पोखरा- प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

पोखरामा भएको नवौं राष्ट्रिय महाधिवेशनबाट बस्नेतको अध्यक्षमा १५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको हो ।

बस्नेत सात वर्षअघि भएको महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभएको थियो ।

१७ सदस्यीय पदाधिकारीमा उपाध्यक्षमा राजेश राई, गणेश पाण्डे, सविन प्रियासन र देविका घर्तीमगर महासचिवमा हिरामान लामा, उपमहाचिवमा सुरोजंग पाण्डे र राजु सुवेदी, कोषाध्यक्षमा ईन्द्र आचार्य तथा सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोक्सरी कुँवर र हरिबल्लभ नेपाल निर्वाचित हुनुभयो ।

प्रकाशित मिति : फाल्गुन २९, २०७८ आईतबार  ८ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]